सुर्खेत- जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समयमा आधुनिकतातर्फ उन्मुख भएको छ। जंगलमै बासस्थान बनाएर काठका सामग्री अन्नबालीसँग साट्ने र जीविकोपार्जन गर्दै आएका राउटेहरु बदलिएका छन्। विगतमा पैसा छुँदा पाप लाग्छ भन्ने उक्त समुदायका नागरिकहरु बैंकबाट पैसा बुझ्न थालेका छन्।
सुर्खेतको लेकवेशी नगरपालिकाको चिप्लेमा बस्दै आएका राउटे समुदायका मुखियाहरुले पहिलो पटक बैंकबाट तलव बुझेका छन्। पुर्खादेखि नै पैसा छुनु हुँदैन भन्दै आएका राउटेहरुले पहिलो पटक बैंक सेवा लिएका हुन्। राउटे समुदायको मुलीका रुपमा छनोट भएका तीन जना मुखियाले पहिलो पटक मुखिया पदको तलव बुझेका हुन्।
सामाजिक सेवा केन्द्र दैलेखबाट फागुन १२ गते मुखिया पदमा नियुक्ति पाएका मुखियासहित थप दुई जना राउटेले बैंकबाट चेक साटेर तलव बुझेका हुन्। उनीहरुले मेगा बैंक सुर्खेत शाखाबाट बुधबार चेकमार्फत फागुन महिनाको तलव बापत जनही एक हजार पाँच सय रुपैयाँ तलब बुझे।

बैंकमा तलबको चेक साट्दै राउटे मुखिया। तस्बिरः डिलप्रसाद शर्मा/देश सञ्चार
परासामाजिक कार्यकर्ताको रुपमा नियुक्ती पाएका मुखिया सुर्यनारायण शाही, डिलबहादुर शाही, बिरबहादुर शाही र प्रकाश शाही तथा मैनबहादुर शाहीले चेक साटेर पैसा लिए।
पहिलो पटक बैंकिङ कारोबार गरेका राउटेहरु खुसी भएका छन्। ‘पहिलो पटक चेक समाएको हुँ’ मुखिया सुर्यनारायणले भने,‘पहिले मुखिया हुँदा तलव पाइँदैन थियो। अब दिन राम्रा आए। जनता पनि खुसी छन्।’
सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटेलाई बैंकको पहुँचमा पुर्याउन र आधुनिकतातर्फ ल्याउन चेकमार्फत तलव प्रदान गरिएको बताए।
राउटेहरु केही महिना पहिले मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत बसाई सरेका थिए। चिसो मौसममा तराई बस्ती सर्ने राउटेहरु गर्मी शुरु भएसँगै पहाडतिर बस्ती बस्ने गर्छन्। हालसम्म जंगलमा बस्दै आएका राउेटहरु कम्तीमा तीन महिनासम्म स्थान परिवर्तन गरि बस्ती सर्ने गर्छन्। विगतमा ननुहाउने उनीहरु आजभोली नुहाउने, सरसफाई गर्ने र पढ्ने गराउने गरेका छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































