
विरगञ्ज– महिलालाई फोन गरी अश्लील कुरा गरेर होटलमा बोलाएको आरोपमा पक्राउ परेका उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्ष जयन्त कुशवाहालाई अनुसन्धानका लागि थप १० दिन म्याद थपिएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय बाराबाट अनुसन्धानका लागि १० दिन म्याथ थप गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
बारा सिम्रौनगढ वडा नम्बर ७ बस्ने कुशवाहालाई गत बुधबार इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेका थियो। ३९ वर्षीय कुशवाहालाई प्रहरीले एक महिलालाई फोनमा अश्लील कुरा गरेको आरोपमा पक्राउ गरेको हो।
उनी निजगढस्थित एक होटलबाट पक्राउ परेका हुन्। उक्त महिलाले आफूलाई फोन गरेर अश्लील कुरा गर्ने गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन्।
कुशवाहाको परिवारले भने षडयन्त्र गरेर उनलाई फसाइएको दावी गरेको छ।