सुर्खेत– गुडिरहेको यात्रुबहाक बसमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बा४ख ८७८ नम्बरको बसमा कर्णाली राजमार्गको हुड्के खण्डमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले आगलागीबाट मानवीय क्षति नभएको बताए ।
‘यात्रुहरु समयमै झर्न सकेकाले मानवीय क्षति भएको छैन’ उनले भने,‘बसमा क्षति पुगेको छ ।’

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































