
उमाकान्त खनाल
चैत ४, २०७५

अ
+
अ
अ
-
भ्रदपुर- झापाको भद्रपुर नगरपालिका वार्ड १० मा रहेको वनमा भीषण आगलागी भइरहेको छ।
एक घन्टा अघिदेखि लागेको आगो अहिले करिब १० विघा क्षेत्रमा फैलिएको स्थानीयवासीले बताएका छन्।
आगलागी नियन्त्रणका लागि स्थानीयबासी, सेना तथा प्रहरीले प्रयास गरे पनि सफल हुन सकेको छैन।
आगो नियन्त्रण हुन नसके नजिकको बस्तीमा फैलिन सम्भावना छ।

