कर्णालीमा विप्लवको ‘अखडा’

कर्णालीमा विप्लवको ‘अखडा’
+
-

सुर्खेत– अर्धभूमिगत रूपमा सक्रिय नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू पछिल्लो समय पूर्णभूमिगत जस्तै छन्।

सरकारले विप्लव समूहका गतिविधिमाथि रोक लगाएपछि नेताहरू लुकेर बसेका छन्। विगतमा जिल्ला सदरमुकाममा देखिने विप्लव समूहका नेताहरू गाउँ पसेका छन्। सरकारले विप्लव समूहका नेता तथा कार्यकर्ता खोज्न सुरक्षा संयन्त्र नै परिचालन गरेको छ।

सरकारद्वारा परिचालित सुरक्षा संयन्त्रले गाउँ केन्द्रित विप्लव समुहका गतिविधि रोक्न नसकिएको सुरक्षा स्रोत नै बताउने गरेको छ। ‘विप्लव समूहका नेता तथा नाम चलेका कार्यकर्ता भेटिएका छैनन्’, सुरक्षा निकायको स्रोत भन्छ,‘दिउँसो लुक्ने र राती सक्रिय हुने गरेको पाइएको छ। ग्रामिण भेगमा राती गस्ती गर्न सक्ने वातावरण छैन।’ सदरमुकाम छोडे पनि गाउँमा भने विप्लवका गतिविधिहरू तिव्र रूपमा अगाडी बढेका छन्। कार्यकर्ता भेटघाट, संगठन विस्तारलगायत आवश्यक रणनीतिसमेत विप्लव समूहले बनाउने गरेको छ।

विप्लव समूहको बढी प्रभाव भएको क्षेत्र हो, कर्णाली। यहाँ केन्द्रिय नेतृत्वदेखि पोलिटव्यूरो, इन्चार्ज, सेक्रेटरीमा कर्णाली प्रदेशबाट बलियो सहभागिता छ। १० जिल्लामा जिल्ला तहको संरचना विस्तार गरिएको छ भने स्थानीय तहमा पनि विगतका पार्टी कमिटीहरू सक्रिय बनाउन उक्त समूह क्रियाशील छ।

विप्लवको शक्तिशाली ‘लालकिल्ला’को रूपमा कालिकोटलाई लिइएको छ। विप्लवपछिको दोस्रो नेतृत्व समालेका नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) लगायतका थुप्रै नेता कालिकोटका छन्। कालिकोटबाट पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यजस्ता पदमा नेताहरूले प्रतिनिधित्व गरिरहेका छन्। विप्लवको अखडा र प्रभावित जिल्लाको रूपमा कालिकोटलाई सुरक्षा निकायले पहिलो सूचिमा राखेको छ।

ललितपुर, भक्तपुरलगायत ४५ जिल्लामा पार्टीका अध्यक्ष कालिकोटकै छन्। भेरी कर्णाली ब्युरोका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन्। कालिकोटबाट मात्र १३ जना केन्द्रीय सदस्य र १३ जना पोलिटव्यूराे सदस्य रहेको विवरण प्रहरीसँग छ। जसमा अधिकांशले जिल्ला इन्चार्ज र प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्। जिल्ला र स्थानीय तहमा पनि विप्लवको समूहले व्यापक रुपमा संगठन विस्तार गरेका छ।

मुगुमा पनि विप्लवका नेताहरू छन्। प्रहरीले जिल्ला, गाउँ/नगर र वडा तहकै विप्लव नेताहरूको रेकर्ड राखेको छ। प्रहरीको तथ्याङ्क अनुसार मुगु जिल्लामा दुई सय जना नेताहरू छन्। डोल्पामा भने पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य छैनन्। जिल्ला र स्थानीय तहमा गरी झण्डै ४० जना नेताहरू भएको तथ्यांक प्रहरीसँग छ। जुम्लामा पनि केन्द्रीय, क्षेत्रीय र पोलिटब्यूरो सदस्य तहका नेताहरू कोही छैनन्। प्रहरी अभिलेख अनुसार जुम्लामा जिल्ला तहका २८ जना विप्लव समुहका नेताहरू छन्। गाउँ/नगर र वडा तहमा संगठन विस्तार नभएकाले नेताहरू तल्लो स्तरमा नभएको प्रहरी अनुमान छ। तर, जिल्लाको सुरक्षा व्यवस्थामा व्यापक कडाई गरिएको डिएसपी सीताराम रिजालले बताए। हुम्लामा पनि विप्लवको सामान्य प्रभाव छ। प्रभाव विस्तार गर्न गरिएको कोणसभा नै प्रहरीले बिथोलेको थियो। फाट्टफुट्ट कार्यकर्ता र आस्था राख्ने नेताहरू भएपनि केन्द्र, प्रदेश, पोलिटव्यूराे सदस्यसम्मको नेतृत्वमा हुम्लाका नेताको प्रतिनिधित्व छैन। जिल्लाको इन्चार्जसमेत कालिकोटबाट तोकिएको छ। डिएसपी रामप्रसाद घर्ती मगरले जिल्लामा विप्लवको अवस्थाबारे विवरण लिने काम भइरहेको बताए। उनले जिल्लाको शान्ति व्यवस्था मजबुत बनाएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लामा ३९ जना पूर्व विप्लवको सदस्यहरू रहेको तथ्याङ्क छ। प्रहरीले सक्रियता बढाएको छ। जिल्ला भित्र प्रवेश गर्ने मुख्य नाकामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। यस्तै, जाजरकोट प्रहरीको तथ्यांक अनुसार ७ जना केन्द्रीय सदस्य विप्लवमा छन्। जिल्ला तहको संरचनामा जिल्ला इन्चार्ज, सेक्रेटरी, सदस्यहरू छन्। यस्तै, रुकुम पश्चिम र सल्यानमा पनि विप्लव समूह सक्रिय नै छ।

प्रहरीलाई नेता चिन्नै हम्मे


गत माघ ५ गते विप्लव समूहले प्रहरीले पक्राउ गरेका आफ्ना विद्यार्थी नेता रिहाइको माग गर्दै सुर्खेत जिल्ला बन्दको आव्हान ग¥यो। उक्त बन्द अवज्ञा गरेको भन्दै दुईवटा ट्रक समेत जलाइयो। त्यसअघि भएका आन्दोलन जस्तो खासै प्रभाव नपर्ला भन्ने अनुमान गरेको सुरक्षा संयन्त्रको गस्ती परिचालन हुनुपुर्व नै ट्रक जलाइएको थियो।

तर विप्लव समुहको वर्तमान अवस्था बारे प्रहरी नै बेखबर छ। विप्लव समूहका नेता तथा कार्यकर्ता पहिचान गर्नै प्रहरीलाई चुनौती बनेको छ। सरकारले विप्लवका गतिविधिमाथि प्रतिवन्ध लगाएपछि प्रहरीले विशेष निगरानी गरेको छ। तर, जिल्ला प्रहरी कार्यालयसँग विप्लव समुहका नेता तथा कार्यकर्ताको तथ्याङ्क नै छैन। भएको तथ्याङ्क पनि अन्य पार्टीका नेताका रूपमा देखिने गरेका छन्। ‘केन्द्रबाट आएको विप्लव समूहका नेताहरू समात्यो भने अन्य पार्टीले हाम्रो कार्यकर्ता किन समातेको भन्छन्’ , सुर्खेत जिल्लाका प्रहरी प्रवत्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले भने,‘अन्य पार्टी जस्तो विप्लवले हाम्रो संगठन मा¥यो, यो पदाधिकारी हुन भनेर आधिकारिक रूपमा पत्र कुनै दिएको छैन।’

उनले विप्लव समूहमाथि निगरानी गरेपनि को हो भनेर पहिचानमा समस्या भएको छ। सुर्खेत प्रहरीसँग विप्लव समूहका नेता तथा कार्यकर्ताको तथ्याङ्क छैन्। जिल्लादेखि स्थानीय तहमा विप्लव समुहको प्रभाव भएपनि प्रहरीलाई पहिचानमा समस्या भएको छ। विप्लवमाथि निगरानी बढाएपनि आधिकारिक व्यक्ति तथा संगठनबारे प्रहरी प्रशासनलाई जानकारी लिन हम्मे भएपछि अन्य पार्टीका कार्यकर्ताको पनि सुरक्षा चुनौती थपिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?