जीवन रक्षाका लागि लालबहादुरको हार–गुहार

जीवन रक्षाका लागि लालबहादुरको हार–गुहार
+
-

सुर्खेत– दायाँ आँखामा कमजोरी देखिन थालेदेखि अस्पताल धाउँदै महिनौँ बित्यो । सुर्खेत, नेपालगञ्जमा रोग पत्ता लागेन । सरकारी अस्पतालदेखि निजी अस्पताल धाउँदै आफूसँग भएको पैशा सकियो ।

छिमेकी र आफन्तसँग मागेको ऋणसँगै स्वास्थ्य अवस्थाको पीरलो बोकेर काठमाडौँ पुगे वीरेन्द्रनगर–१५ रतुका लालबहादुर खत्री । आँखाको समस्या समाधान होला भनेर हिँडेका उनी टाउँकोमा रहेको पिट्यूटरी ग्रन्थीमा ट्यूमर भएको रिपोर्ट पाएपछि छाँगाबाट खसे जस्तै भए ।

‘आफूसँग पैशा रोग पत्ता लगाउँदैमा सकियो, ऋणले धुरी घेरीसक्यो’ उनले बिलौना गर्दै भने,‘आफन्त र इष्टमित्रबाट पनि सहयोग पाउन सक्ने अवस्था छैन्, पैशा नहुँदा रोगले ज्यान खाने भयो । बुढेशकालमा परीवारसँग बाँच्ने धोका पुरा हुँदैन कि चिन्ता लाग्छ ।’

३५ वर्षका उनको ६ जनाको परिवार छ । खेती किसानी गर्ने उनको परीवारमा तीन महिना पनि खाना पुग्दैन् । परिवार पाल्न खेतीकिसानीबाहेक ज्यालादारी गर्ने लालबहादुर नै बिरामी परेका छन् ।

‘डाक्टरले एक हप्ताका लागि समय दिएका छन्, समयमा अस्पताल भर्ना हुन सकेको छैन्’ उनले भने,‘तीन लाख रुपैयाँ उपचार खर्च जुटाउन सक्ने अवस्था छैन् । भएको सम्पत्ति घर हो । परिवारको बिचल्लीमा पारेर घर पनि कसरी बेच्ने ?, गाउँको घर भनेकै बेला, खोजेकै मूल्यमा कसले खाइदिन्छ र ?’

परिवारमा कमाइ गर्ने लालबहादुरबाहेक अर्काे छैन् । बुबाआमा बुढा छन् भने, छोरा छोरी सानै छन् । श्रीमतीलाई घरव्यवहार सम्हाल्नै हम्मे पर्छ । आर्थिक अवस्था कमजोर भएपछि ट्यूमर रोगले ग्रसित उनले जीवन रक्षाका लागि अपिल गरेका छन् ।

काठमाडौँस्थित शिक्षण अस्पतालमा अप्रेसन गरेर नयाँ जीवन माग्दै लालबहादुरले हात फिजाएका छन् । परिवार स्रोतका अनुसार लालबहादुरलाई सहयोग गर्न चाहने सहयोगी मनहरुले गरिमा विकास बैंक वीरेन्द्रनगर, सुर्खेत शाखामा रहेको खाता नम्बर ०७२०१९००७५२१५९०००००१ मा सहयोग गर्न सकिने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?