अन्तर्राष्ट्रिय लगानी सम्मेलन, पानीमा लगानी गर्न कर्णालीको प्रस्ताव

अन्तर्राष्ट्रिय  लगानी सम्मेलन, पानीमा लगानी गर्न कर्णालीको प्रस्ताव
+
-

सुर्खेत– कर्णाली प्रदेशको विकासका लागि प्रदेश सरकारले लगानीको खोजी गर्न थालेको छ । प्रदेश सरकारले नै ठूला विकास आयोजनामा लगानी गर्न नसक्ने अवस्था भएपछि कर्णालीका केही परियोजनामा लगानीका लागि दाता खोज्न थालिएको हो ।

विपन्न र गरिव प्रदेशका रूपमा परिचय बोकेको कर्णालीमा लगानी भित्र्याउने महत्वपूर्ण अवसरका रूपमा संघीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई उपयोग गर्ने तयारी गरेको छ ।

नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवर्धन गर्न संघीय सरकारले यहि चैत १५ र १६ गते काठमाडौँमा अन्तर्राष्टिय लगानी सम्मेलनको आयोजना गर्दैछ । उक्त लगानी सम्मेलनलाई कर्णाली प्रदेश सरकारले पनि केही महत्वपूर्ण परियोजनाहरूमा लगानीका लागि आग्रह गर्ने भएको छ ।

सम्मेलनबाट कर्णालीका सम्भावना माथि लगानी भित्र्याउन सके प्रदेशको मात्रै नभई मुलुकै विकासमा टेवा पुग्ने अपेक्षा प्रदेश सरकारले राखेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले केही महत्वपूर्ण आयोजनाहरू सम्मेलनका लागि छनौटमा पार्न केन्द्र सरकारसँग छलफल भइरहेको बताए ।

सरकारले जलविद्युत, सडक, पर्यटन, जडिवुटीलगायतका क्षेत्रमा लगानी भित्र्याउने आधार बनाएको छ । जगदुल्ला, फुकोट कर्णाली, तीला कर्णाली, बेतान कर्णालीलगायतका जलविधुत आयोजना, जमुनाहा–सुर्खेत–हिल्सा दुत्रमार्ग, धो–मोरिम्ला, भेरी करिडोरको दाङ्ग–सल्यान–रुकुमलगायतका महत्वपूर्ण सडक, अर्गानिक कर्णाली प्रदेश निर्माणलगायतका केही योजनाहरूमा लगानी भित्र्याउन सरकारले पहल गर्ने भएको छ ।

यस्तै, पर्यटकीय क्षेत्रमा मुगुको राराताल, डोल्पाको से–फोक्सुण्डो, सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोशी क्षेत्रलाई पनि सरकारले लगानी गर्न सम्भावनाको प्राथमिकतामा राखेको छ । ‘कर्णालीका सम्भावनाहरूमध्ये दीर्घकालिन विकासका योजनाहरू सरकारको प्राथमिकतामा छन्’ उनले भने,‘यस पटकको अन्तराष्ट्रिय लगानी सम्मेलनमा तीन वटा सडक, दुई पर्यटकीय क्षेत्र, एक÷एक वटा कृषि, पर्यटनका क्षेत्रमा लगानी भित्र्याउन निरन्तर छलफलमा छौं ।’

उनले कर्णालीको विकासका लागि संघीय सरकारको अनुमति लगेर विकास साझेदारहरूसँग सम्वाद भइरहेको बताए । यसअघि सुर्खेत–हिल्सा दु्रतमार्ग निर्माणका लागि चीनिया कम्पनीसँग प्रदेश सरकारले सम्झौता गरेको छ । पहिलो चरणको सर्भे निर्माण कम्पनी चाइना रेलवे कम्पनीले गरेको छ । सरकारको तर्फबाट अन्य क्षेत्रमा पनि लगानी जुटाउन पहल भएको उनले बताए ।

दिर्घकालिन र गौरवका आयोजना सञ्चालनका लागि लगानी बोर्ड समक्ष प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश योजना आयोगले आवश्यक प्रस्ताव पेश गर्ने भएको छ । जसका लागि आयोगले मंगलवार छलफल गरेको छ । ‘लगानी सम्मेलनलाई कर्णालीमैत्री बनाउन आयोगले भूमिका खेल्छ’ आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले भने,‘आवश्यक छलफल गरेर संघीय सरकार समक्ष लगानी भित्र्याउन आग्रह गर्न लागिएको छ ।’

आयोगका सदस्य डा. दिपेन्द्र रोकायले भने ‘प्रदेशमा लगानी भित्र्याउने एक आधार भनेको कर्णालीको पानी हो, जलविधुतका परियोजनामा आयोगले लगानी भित्र्याउन जोड गरेको छ ।’

आयोगले कर्णालीको नदीनालालाई उपयोग गर्ने रणनीति अवलम्वन गरेको छ । उनका अनुसार २३ वटा परियोजना जलविधुत तथा उर्जाका तयार पारिएको छ । जसमध्ये पाँच वटा आयोजना नेपाल सरकारको लगानीमा बन्ने भएका छन् ।

प्रदेशमा पनि लगानी सम्मेलन


कर्णाली प्रदेश सरकारले पनि लगानी सम्मेलनको आयोजना गर्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । कर्णालीमा लगानी मैत्री वातावरण सृजना गर्न र विकास साझेदार संस्था भित्र्याउन सम्मेलन गरिने भएको हो ।

प्रदेशस्तरको योजना आयोगले परियोजना वैंक निर्माणको क्रममा छ । परियोजना बैंक तयार भएसँगै सम्मेलन गर्ने तयारीमा सरकार रहेको उनले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?