
अ
+
अ
अ
-
बारा – बारा र पर्सामा हावाहुरीका कारण घाइते भएका ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । सेनाको स्काई ट्रक मार्फत उनीहरुलाई सोमबार थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
आइतबार बेलुका अचानक आएको हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको छ भने ६ सयजना भन्दा बढि घाइते भएका छन् । अधिकांश घाइतेको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार नै गम्भीर घाइतेलाई काठमाडौँ ल्याएको हो । हावाहुरीले घरको छानो मात्रै होइन भित्ताहरु पनि बाँकी राखेको छैन । हावाले छाना, नाना र खाना सबै उडाएको छ ।