हुरीले जीवन चुँडायो, असह्य पीडा छोडेर गयो

आँधीबेहरीको ताण्डव, निर्दयताको पराकाष्ठा

आँधीबेहरीको ताण्डव, निर्दयताको पराकाष्ठा
+
-

बारा (फेटा) – भलुही गाउँ नजिकैको दुधौरा नदी किनारमा सोमबार बेलुका एकैटोली दुई चिता बनाइयो । एउटा चितामा सासु अर्कोमा बुहारी । पिता–पुत्रले जीवन संगिनी गुमाए । एक वर्ष र तीन वर्षका लालाबालाले आमाको काखको साथ सधैँका लागि गुमाए ।

आइतबार बेलुका अचानक आएको हावाहुरीले फेटा गाउँपालिका–१ भलुहीकी मतिसरी देवी र उनकी बुहारी रुना देवीको ज्यान लियो । मतिसरीका छोरा (रुनाका श्रीमान) भीम दास घरमै थिए । उनका पिता अर्थात मतिसरीका पति रामसुरत दास कामका लागि गोरखा थिए ।

श्रीमती र बुहारी गुमाएका रामसुरत दास । हावाहुरीका कारण मृत्यु भएका श्रीमती र बुहारीको उनले सोमबार बेलुका अन्तिम संस्कार गरेका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

आइतबार नै रामसुरतलाई घटनाबारे थाहा भएको थियो, तर गाडी नपाएकाले घर पुग्न सकेनन् । सोमबार उनी हुरीले उडाएर बाँकी रहेको भग्नावशेष घरमा पुगे । श्रीमती र बुहारीको निधन भइसकेको थियो । छोरा भीम उनको अनुहारमा निन्याउरो परेर हेरिरहेका थिए ।

तीन वर्षकी नातिनी सन्ध्या र एक वर्षका नाति सन्जितको विजोग थियो, रामसुरतले मन थाम्न सकेनन् । र पनि श्रीमती तथा बुहारीको अन्तिम बिदाई गर्नु थियो । हावाले उडाएर बाँकी रहेका केही सामग्री जोरजाम गरेर अन्तिम बिदाईका लागि तयारी गरे ।

आमा र श्रीमती गुमाएका भीम दास एक वर्षका छोरालाई काखमा लिएर टोलाइरहेका थिए । तस्बिर : बर्षा शाह/देश सञ्चार

गाउँका २०–२५ जना जम्मा भएर नजिकैको दुधौरा नदीमा मतिसरी र रुनाको अन्तिम संस्कार भयो । छिप्पिँदै गरेको साँझमा उनीहरुको देह धुवाँ र खरानीमा परिणत भयो । हावामा मिल्दै गरेको मतिसरी र रुनाको देह हेर्दै रामसुरत र भीमले आँसु झारे अनि फर्किए, भत्किएको घर तिर ।

घरमा सन्ध्या र सन्जितको अवस्था देखेपछि मन थामिने अवस्था थिएन । रामसुरत र भीमले त जसोतसो मन थाम्लान्, तर सन्ध्या र सन्जितले भने आमा र हजुरआमा नै गुमाए । सन्जितले त एक वर्षमै आमाको दूधबाट विमुख हुनु परेको छ ।

भीमका छोरा सन्जितलाई उनकी भान्जीदिदीले फुलाउने प्रयास गर्दै थिइन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

यो पनि पढ्नुहोस्

‘हुरीले एकै घरका सासु-बुहारी लग्‍यो, सन्तानको विचल्ली भयो’

‘हुरीले एकै घरका सासु-बुहारी लग्‍यो, सन्तानको विचल्ली भयो’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?