
विर्तामोड– पूर्व राजा ज्ञानेन्द्र शाह अहिले पूर्वका पहाड तथा तराईका विभिन्न जिल्लाहरुको दौडाहा गरिरहेका छन्। खासगरि मन्दिरहरुमा पूजा तथा विभिन्न साँस्कृतिक स्थलहरुको अवलोकनमा व्यस्त देखिन्छन्।
पूर्व राजाका प्रेस संयोजक फणिराज पाठकका अनुसार पूर्व राजाले झापाको दमकलाई मुकाम बनाएर धनुषा, सर्लाही, सप्तरी, उदयपुर, पाँचथर, इलाम लगायत जिल्लाहरुको भ्रमण गरिसकेका छन्।
उनी चैत अन्तिम तिर काठमाडौँ फर्किने संभावना रहेको पाठकले बताए। भ्रमणका बेला उनलाई भेट्न आउने मानिसहरुको सेल्फी खिच्ने रहर उनले मेटाइदिएका छन्।
केही तस्बिरहरु:
सबै तस्बिरहरु:उमाकान्त खनाल/देश सञ्चार