
वीरगञ्ज– हावाहुरी प्रभावित बारा र पर्साका स्थानीयहरु शनिबार बिहान पानी परेपछि थप समस्यामा परेका छन्।
शनिबार बिहान मेघगर्जनसहित पानी परेपछि उनीहरु त्रसित भएका हुन्। हावाहुरीबाट प्रभावित भएकाहरु घर भत्किएपछि अहिले त्रिपालमुनि बस्दै आएका छन्। उनीहरुलाई पानी परेसंगै ओत लाग्न समेत समस्या भएको छ।
बारा र पर्सा जिल्लामा गत आईतबार आएको आँधीहुरीबाट करिब २४ सय घरहरुमा क्षति भएकाेमा करिब एक हजार घरहरु पुर्णरुपमा क्षतिग्रस्त भएका छन।