सुर्खेत– कर्णाली प्रदेशका कारागारमा पुस्तकालय स्थापना गरिएको छ। प्रदेश राजधानी सुर्खेतसहित कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, जुम्ला र डोल्पा जिल्लाका कारागारमा शनिबार पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकाल स्थापना भएसँगै कैद भुक्तान गर्न कारागार बसेका कैदीबन्दीहरुले प्रयाप्त रुपमा पुस्तकहरु अध्ययन गर्न पाउने भएका छन् । विगतमा सरकारले पुस्तहरु उपलव्ध गराएपनि एकीकृत हुन नसक्दा कैदीबन्दीहरुले कारागारमा प्रयाप्त पुस्तक अध्ययन गर्न पाएका थिएनन्।
तर, अब कर्णाली प्रदेशका जिल्ला कारागारमा कैदीबन्दीहरुले मनले रोजेर नै पुस्तकको अध्यन गर्न पाउने भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको अगुवाईमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरिएको हो।
सुर्खेतमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुस्तकालयको उद्घाटन गरे। कितावबाट नै जीवन रुपान्तरणको ज्ञान मिल्ने भएकोले कैदीवन्दीको जीवन उज्यालो बनाउन कर्णाली प्रदेशबाट अभियान थालिनु गौरव भएको उनले बताए। उनले कारागारलाई यातना गृह होइन्, सुधार गृह बनाउने अभियानमा लाग्नुपर्ने सुझाव दिदैं जीवनको बाटो देखाउन पुस्तकालय स्थापना भएको उल्लेख गरे ।
सामाजिक विकास मन्त्री दल रावलले कैदीवन्दीहरुलाई आवश्यक पर्ने सीप विकासको तालिमहरु प्रदेश सरकारले दिने प्रतिवद्धता जनाए । सामाजिक विकास मन्त्रालयले पुस्तक खरिदका लागि अभियानलाई पाँच लाख सहयोग गरेको छ । बरिष्ठ साहित्यकार सनत रेग्मीले मानसिक र चारित्रिक सुधारका लागि पुस्तक नै अमूल्य उपाय रहेको बताए ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले कारागारमा बन्दी जीवन विताइरहेका कैदीवन्दीहरुलाई कितावि ज्ञानबाट सत्कर्ममा लगाउनका लागि यो अभियान थालिएको बताए ।
उनले कारागार नयाँ जीवनको सुरुवात गर्ने ठाउँ भएकोले हुँदा कितावी ज्ञानले भविष्य उज्यालो पार्ने विश्वास व्यक्त गरे । जिल्ला तथा प्रदेश गरीका पुस्तकालयमा २१ लाख मूल्य बराबरका कूल आठ हजार ३८८ वटा पुस्तकहरु राखिएको छ ।
२०७५ पुस ३ गतेदेखि कारागारलाई पुस्तक अभियान थालिएको थियो । पुस्तकालबाट धेरै पुस्तकहरु अध्ययन गर्ने कैदीबन्दीलाई पुस्तक नै पुरस्कार दिइने छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































