पानी परेपछि हुरी पीडितको थप बिचल्ली, दाल चामल छ तर पकाउने भाँडा छैन

पानी परेपछि हुरी पीडितको थप बिचल्ली, दाल चामल छ तर पकाउने भाँडा छैन
+
-

वीरगञ्ज – घरबार गुमाएका बारा र पर्साका हावाहुरी पीडित पानी परेपछि थप बिचल्लीमा परेका छन् । हुरीले घर उडाउँदा त्रिपालमुनि बसिरहेका पीडितहरु शनिबार राति पानी परेपछि थप बिचल्लीमा परेका हुन् ।

विशेष गरी बालबालिकालाई थप समस्या भएको छ । आकाशमा बादल लागेपछि पनि बालबालिकाहरु डराउन थालेका छन् ।

हुरीले सबैभन्दा धेरै प्रभावित बाराको फेटा गाउँपालिकाका ६ की कुन्ती देवीले राति पानी परेपछि बालबालिकाहरुले सुत्न नै नमानेको बताइन् ।
‘बादल लागेपनि फेरि उस्तै हुरी चल्छ कि भनेर बालबालिहरु रुने गरेका छन् त्यसैमा पानी परेपछि रातभर सुतेका छैनौँ’, कुन्तीले भनिन् ।

यस्तै हुरी प्रभावित क्षेत्रमा सामूहिक मेस बन्द भएपछि पीडितहरुले खाना खान नसकेको बताएका छन् । सहयोगी दाताहरुले दाल चामल दिएका भएपनि पकाउने भाँडाको अभावमा खाना खान नसकेको फेटा ६ कै विरेन्द्र राउतले बताए ।

‘सामूहिक मेस बन्द भयो, दाल चामल त पाइएको छ तर पकाउने भाँडा छैन, सबै हुरीले लग्यो, कसरी पकाएर खाने?’ राउतले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?