‘दक्षिण एसियाका ८० करोड मानिस अस्पताल जान पाउँदैनन्’

‘दक्षिण एसियाका ८० करोड मानिस अस्पताल जान पाउँदैनन्’
+
-

काठमाडौं– अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस। ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचः सबैका लागि स्वास्थ्य’ भन्ने मूल नारा साथ विश्वभर विभिन्न कार्यक्रम गरेर विश्व स्वास्थ्य दिवस मनाइएको छ। विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्षको अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो।

 

सोही अवसरमा काठमाडौंको वसन्तपुरमा आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र विश्व स्वास्थ्य संगठन, नेपालस्थित कार्यालयले संयुक्त रुपमा अन्तर्क्रियात्मक चित्रकला कार्यक्रम आयोजना गरेको छ। सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र प्राथमिक स्वास्थ्य सेवाको अवधारणको बारेमा जनचेतना फैलाउने कार्यक्रमको मूख्य उश्द्देय रहेको सरोकारवालाले बताएका छन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्मा।

विश्व स्वास्थ्य संगठन विश्वभरि नै सबैलाई स्वस्थ राख्न अनि उनीहरुका लागि विभिन्न उपचार लगायत प्रकोप, महामारीका विरुद्ध लड्नका लागि समुदाय तथा सरकारहरुलाई सहयोग गर्दै आईरहेको छ। कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले पछिल्लो समय संघमा मात्र नभएर स्थानीय र प्रदेशमा पनि स्वास्थ्य सेवाको स्तर वृद्धि हुँदै गइरहको बताएका छन्। उनले भने, ‘सेवाको वृद्धिका लागि सरकारले सुगम तथा दुर्गमलाई लक्षित गरेर नयाँ कार्य योजना सुरु गर्न थालेको छ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. खुर्सिद अलम हाइदर।

निर्देशक शर्माका अनुसार प्राथमिक स्वास्थ्यले सधैं स्वास्थ्यको विस्तृत निर्धारणकर्तालाई सम्बोधन गर्दछ। जसले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य वा भलाई अन्तर्गत पहल गर्न ध्यान केन्द्रित गर्ने काम गर्दछ।

कुनै पनि व्यक्तिको स्वास्थ्यको सुरक्षा र स्वास्थ्य सेवा उपभोग गर्नका लागि व्यक्ति, परिवार र समुदायको महत्वपूर्ण भुमिका हुन्छ। उनीहरु व्यक्तिको स्वास्थ्य, परिवारको स्वास्थ्य र समुदायको स्वास्थ्यको बारेमा सुसूचित हुन अत्यन्तै जरुरी हुन्छ। त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षित सेवा सबै नागरिकले पाउनु पर्छ। स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार हो। जुन अधिकार प्राप्त गर्नका लागि उनीहरु आफै पनि सुसूचित हुनु पर्ने हुन्छ।

नेपालमा मात्रै नभएर दक्षिण एसियामै करिव ८० करोड जनसङ्ख्या अझै पनि अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको अनुमान छ। देशका विभिन्न ठाउँहरुमा अझ बढी स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीहरुको आवश्यकता रहेको र उक्त आवश्यकतालाई मध्य नजर गर्दै सरकारले डाक्टर, नर्स र अन्य स्वास्थकर्मीहरुको संख्या बढाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवाका पूर्वाधार तयार गर्नका लागि सरकारले लगानी गर्नुपर्ने सरोकारवालाले बताएका छन्। सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच हुनुपर्दछ। हरेक नागरिक स्वास्थ्य, शिक्षा र सुचनाको पहुँचमा हुनुपर्दछ भन्ने तीन वटा मान्यतालाई जोड दिने स्वास्थ्य सेवा विभागले जनाएको छ।

कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. खुर्सिद अलम हाइदरले स्वस्थ जीवन सबैका लागि एकदमै महत्वपूर्ण भएको बताएका छन्। ‘सबै भन्दा पहिला त यसको बारेमा जानकारी लिनु पर्दछ, सबै नागरिकले आफ्नो स्वास्थ्य अवस्था, आर्थिक स्तर, प्राथमिक स्वास्थ्य सेवा आदिको बारेमा नजिकै रहेको स्वास्थ्य संस्थामा गएर जान्न अत्यन्तै महत्वपूर्ण हुन्छ,’ उनले भने,‘कुनै पनि व्यक्ति प्राथमिक स्वास्थ्य सेवाको पहुँचमा हुनुपर्दछ, अझ सबै भन्दा महत्वपूर्ण कुरा के भने विभिन्न स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीले कसरी काम गरिरहेका छन् भन्ने कुरा जान्न आवश्यक छ।’

स्वास्थ्य सेवामा सरकारले ठूलो लगानी गरेको भएतापनि सवै नागरिक अझैपनि स्वास्थ्य सेवाको पहुँच बाहिर छन्। त्यसैले प्रत्येक व्यक्ति स्वास्थ्यप्रति जागरुक हुनु पर्दछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार विश्वभर १० करोड जनसङ्ख्या स्वास्थ्य सेवाका लागि प्रति दिन १.९० अमेरिकी डलर खर्च हुन्छ।

कार्यकममा आर्थिक अवस्था अनुरुप स्वास्थ्य उपचारको हैसियत निर्धारण हुने चिकित्सकहरुले बताएका छन्। स्वास्थ आधारभूत सुविधा अन्र्तगत पर्ने भएका कारण हरेक नागरिकलाई स्वास्थ्य उपचार वा यस सम्बन्धी सुविधा सहज गरिनु पर्दछ। सरकार, समुदाय अनि सरोकारवालाहरुको चासो स्वास्थ्य सेवाको पहुँच कसरी बढाउने भन्नेतर्फ हुनुपर्नेमा उनीहरुले जोड दिएका छन्।

कार्यक्रममा तीन वटा क्यान्भास पेन्टिङ गरिएको थियो। पेन्टिङका लागि कोर्ड अफ आर्ट पेन्टिङले सहयोग गरेको हो। उक्त तीन वटा पेन्टिङ मध्ये एउटा जनताको सरोकारको पक्षमा हुने छ, जसमा उनीहरुका लागि स्वास्थ्य सेवा कस्तो हुनु पर्दछ भनेर चित्रकला मार्फत प्रस्तुत गर्नेछन्।

त्यसैगरी, अर्कोमा गुणस्तरीय, सुरक्षित स्वास्थ्य सेवा कस्तो हुनु पर्दछ भनेर चित्र कोरिने छ भने एउटा सरकार तथा आधिकारीक निकायको तर्फबाट स्वास्थ्य सेवा कसरी प्रदान गर्ने भनेर चित्रको माध्यमबाट देखाईने छ। पेन्टीङ गरिएका तीनै वटा क्यानभासलाई स्वास्थ्य सेवासँग जोडिएका सम्बन्धित निकाय वा सरोकारवालाई बुझाईने छ।

तस्बिरहरु: प्रतिभा चन्द/देश सञ्चार 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष