कर्णाली प्रदेशमा पञ्चवर्षीय योजना निर्माणमा हुँदै

कर्णाली प्रदेशमा पञ्चवर्षीय योजना निर्माणमा हुँदै
+
-

सुर्खेत – कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०७६/०७७ देखि पञ्चववर्षीय योजना लागु हुने भएका छन् । कर्णालीको विकासका लागि प्रदेश सरकारले पहिलो पटक योजनाबद्ध रुपमा बजेट कार्यान्वयन गर्न पञ्चवर्षीय योजना निर्माण गर्न लागेको हो ।

दीर्घकालीन विकास र बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशले (२०७७–२०८१) पञ्चवर्षीय योजना बनाउन थालेको हो । जसका लागि पहिलो चरणमा आधार पत्र तयारी थालिएको छ । सरकारले प्रदेश स्तरमा गठन भएको प्रदेश योजना आयोगलाई आधार पत्र तयारी गर्न निर्देशन दिएको छ । निर्देशन अनुसार नै आयोगले आवश्यक काम अगाडि बढाइएकोे जनाएको छ ।

आयोगले आवाधिक योजनाको आधार पत्र तयारीकै चरणमा रहेको छ । वैशाखको पहिलो हप्तासम्म आधार पत्र सार्वजनिक गर्ने गरि आयोगले तयारी थालेको छ । आधार पत्रमा टेकेर आयोगले आवाधिक योजना निर्माण गर्ने छ । सोही योजना अनुसार प्रदेश सरकारको लागतका आधारमा निर्माण हुने योजनाबाट पञ्चवर्षीय योजना तयार गरिने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले बताए ।

उनका अनुसार आवाधिक योजनाको आधार पत्र तयारीका लागि पहिलो चरणमा प्रदेश राजधानी वीरेन्द्रनगरमा विज्ञहरुसँग, प्रदेश सांसद र काठमाडौंमा संघीय संसदहरुसँग आवश्यक छलफल गरिएको छ । कर्णालीका जनताको आवश्यकता अनुसारको योजना समावेश गर्न आयोगले जिल्लास्तरमा छलफल थालेको छ ।

प्रदेश सरकारको शोच, लक्ष्य र रणनीति अनुसारका विकास परियोजना तयार पर्न आयोगले जनतास्तरमा छलफल चलाएको हो । पहिलो चरणमा कर्णालीका १० जिल्ला मध्ये सात जिल्लाको छलफल गरेको उपाध्यक्ष रेग्मीले जानकारी दिए । सुर्खेत, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैैलेख, कालिकोट, जुम्ला जिल्लामा जनताहरुबाट आधार पत्र र आवाधिक योजना निर्माणका लागि राय लिइएको छ ।

हिमाली जिल्ला डोल्पा, मुगु र हुम्लामा हिमपातका कारण आयोगले छलफल गर्न सकेको छैन् । प्रदेशले पहिलो पटक बनाउन लागेको आवाधिक योजना निर्माणका लागि आयोगले जनताको आश्यकता सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

पहिलो चरणमा आधार पत्र तयार पारेसँगै पञ्चवर्षीय योजना चयन गरिनेछ । चालु आर्थिक वर्षदेखि नै कार्यान्वयनमा ल्याउने गरि असारसम्म आवाधिक योजना तयार पारिसक्ने आयोगको लक्ष्य छ । उपाध्यक्ष रेग्मीका अनुसार भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, स्वास्थ्य, उत्पादनमुलक उद्योग, सामाजिक कार्य र सुशासनका क्षेत्रमा क्रमश जनस्तरबाट सुझाव आएका छन् । जनस्तरबाट आएका युक्त सुझावहरुलाई समेटेर नै आयोगले दीर्घकालीन योजना तयार पर्ने दाबी उपाध्यक्ष रेग्मीको छ ।

जनस्तरबाट आएको सुझावका आधारमा जमुनाहा–सुर्खेत–हिल्सा दुत्रमार्ग, धो–मोरिम्ला, भेरी करिडोरको दाङ्ग–सल्यान–रुकुमलगायतका महत्वपूर्ण सडक, जगदुल्ला, फुकोट कर्णाली, तीला कर्णाली, बेतान कर्णालीलगायतका जलविधुत आयोजना, खानेपानी, कृषि, सिँचाईलगायतका क्षेत्रमा पञ्चवर्षिय योजना निर्माण गरिने छ ।

आयोगले तत्कालीन आवश्यकता र प्रदेश, संघ तथा स्थानीय तहले गर्नुपर्ने योजनाको समेत निर्माण गर्नेछ । जसले गर्दा तीन तहको सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन, दिगो विकास र समृद्धि हुने अपेक्षा लिइएको छ । विगतका वर्षजस्तो बजेट विनियोजन हुने तर खर्च नहुने समस्या समेत अन्त्य हुने छ ।

चालु आर्थिक वर्षको तेस्रो आर्थिक वर्ष शुरु हुँदा पनि प्रदेशमा प्रयाप्त बजेट खर्च भएको छैन् । विकास निर्माणका कामहरु शुरु हुन सकेका छैन् । अधिकांश ठुला आयोजनाको टेन्डरसमेत आह्वान छैन् भने, डिपीआर हुन बाँकी नै छ । यस्तो अवस्थामा कर्णाली प्रदे सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट पूर्ण कार्यान्वयन गर्न चुनौती देखिएको छ ।

आवश्यक रणनीति नहुँदा बजेट कार्यान्वयन लथालिंग भएको अनुभुति प्रदेश सरकारले गरेको छ । दुई आर्थिक वर्षमा विकास निर्माणमा प्रगति देखाउन नसकेको सरकारले प्रदेशमा ठूला र पञ्चवर्षिय योजना लागु गर्ने तयारी थालेको छ । प्रदेश तहमा गठन भएको योजना आयोगले काम अगाडी बढाएको उपाध्यक्ष रेग्मीले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?