सरकारी डाक्टरको आन्दोलनले विरामीको बिचल्ली

सरकारी डाक्टरको आन्दोलनले विरामीको बिचल्ली
+
-

चितवनकी रञ्‍जिता श्रेष्ठ सात महिनाको छोरो लिएर मंगलबार विहान वीर अस्पताल पुगेकी थिइन्। टाउकामा चोट लागेको छोरो बोकेर रञ्जिता अस्पताल पुग्दा त्यहाँको माहोल फरक थियो।

सेता कोट लगाएका डाक्टरहरु हातमा प्लेकार्ड र ब्यानर बोकेर बाहिर उभिएका थिए। १५ दिन पहिले रञ्जिता छोराको टाउकोको सल्यक्रिया गराएर फर्किएकी थिइन्। १५ दिनपछि फलोअपमा आउनु भनेकाले उनी मंगलबार वीरमा पुगेकी थिइन्। तर डाक्टरहरु आन्दोलन गरिरहेका थिए।

आन्दोलन गरिरहेका डाक्टरलाई उनले आफ्नो पीडा सुनाइन्। रञ्जिताको कुरा सुनेपछि एकजना डाक्टरले त्यहीँ चेकजाँच गरे र औषधि लेखिदिए। हुन त उनको छोराको राम्रोसित उपचार भएन, तर पनि रञ्जिता बालख छोरो लिएर घर फर्किन्।

सिन्धुलीका बिष्णुबहादुर पाख्रिङ ८ दिन अगाडि उपचारका लागि वीर अस्पताल पुगेका थिए। उनलाई डाक्टरले चेकजाँचका लागि रगत, पिसाब परिक्षण गर्न लगाए र परिक्षणको रिपोर्ट शुक्रबार देखाउन बोलाएका थिए। तर बिष्णुबहादुर भने शुक्रबारदेखि रिपोर्ट देखाउन डाक्टरलाई अस्पतालको परिसरमा कुरिरहेका थिए ।

‘उपचारका लागि थोरै पैसा बोकेर आएका थियौँ, सकिन लाग्यो, काठमाडौँमा आफ्नो कोही छैन’, उनले पीडा पोखे, ‘उपचार नगरि फर्किन पनि भएन, केही दिनका लागि दिएको औषधी पनि सकियो, आफैले किनेर खानुभएन ।’

सर्लाहीका मनोजकुमार साहको हालत पनि रञ्जिता र बिष्णुबहादुरकै जस्तो छ। उनलाई डाक्टरले हेपाटाइटिस बी भएको बताएका थिए। उपचारका लागि मनोज काठमाडौँ आएको ५ दिन भयो । वीर अस्पतालका डाक्टरले ओपीडी नखुलेसम्म रिपोर्ट नहेर्ने बताएका छन्। मनोजले भने, ‘ऋणपान गरेर उपचार गराउन आएँ, यहाँ अस्पतालको अवस्था यस्तो छ, यो पैसा सकिएपछि कसरी उपचार गराउनु ?’

जुम्लाका कृष्ण सार्कीलाई पित्थरीको समस्या भएपछि उनको पिसाबमा रगत देखिने र पिसाब बन्द हुने समस्या देखिएपछि चेकजाँचका लागि जिल्ला अस्पताल जुम्लामा पुगे। पिसाब नलीमा पाइप जोडेर जिल्ला अस्पतालका डाक्टरले वीर अस्पताल रिफर गरे।

उनी वीर अस्पताल धाउन थालेको ५ दिन भयो। डाक्टरले सल्यक्रिया गर्नुपर्छ भनेका छन्, उनको सल्यक्रिया भने गरिदिएका छैनन् ।अस्पतालमा भटिएका यी चार जना विरामी मात्रै होनन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी चिकित्सकको आन्दोलनका कारण प्रत्येक दिन १० हजार बिरामी प्रभाबित भइरहेका छन्।

बिरामीलाई सेवा दिने अर्थात उनीहरुलाई निको बनाउनेहरु नै यसरी आन्दोलनमा उत्रिदा १ लाख विरामी उपचार सेवा लिनबाट बञ्चित भएका छन्।सरकारी चिकित्सक संघ (गोदान)ले कर्मचारी समायोजनको बिरोध गर्दै गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन गरिरहेको छ। प्रधानमन्त्रीले चिकित्सकहरुसँग गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै गोदानले आन्दोलन गरिरहेको हो।

सरकारले भने स्वास्थ्य सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरु तत्काल सेवामा नफर्किए कारबाही गर्ने चेतावनी दिएको छ।तर सरकारको कुनै पनि धम्कीले आफूहरु नडराउने गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए।

उनले भने, ‘हामी आफ्ना लागि लडेका छैनौँ, हामी त जनताका लागि लडिरहेका छौँ, त्यसैले सरकारको कुनै पनि धम्कीले डराउनेवाला छैनौँ । किनकी, हामी राजीनामा पत्र सँगै बोकेर हिडिरहेका छौँ। जागिर गए पनि सर्बसाधारण भएर सरकारको यो निर्णयविरुद्ध लडिरहन्छौं।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष