न्यायका लागि पीडित परिवारको हारगुहार

‘हत्‍या भएको एक महिना बढी भैसक्‍यो, प्रहरी-प्रशासनले साथ दिएन’

‘हत्‍या भएको एक महिना बढी भैसक्‍यो, प्रहरी-प्रशासनले साथ दिएन’
+
-

सुर्खेत– गत फागुन १८ गते शनिबारको दिन बिहान १० बजे घरबाट निस्किएका वीरेन्द्रनगर–१ का चन्द्रप्रसाद आचार्य दिउँसो तीन बजे घर फर्के। श्रीमतीसँग बैंकमा खाता खोल्नका लागि भन्दै नागरिकता मागे र साँझ करिब पाँच बजे फेरी घरबाट निस्किए।

शनिबारको दिन बैंकमा खाता खोल्नका लागि भन्दै श्रीमतीको नागरिकता लिएर हिडेका उनी राती अबेरसम्म पनि फर्किएनन्। परिवारमा उनको खोजी सुरु भयो। तर राती अबेरसम्म पनि घर नफर्किएका आचार्य मध्यरातमा परिवारका लागि नमिठो खबर बनेर आइपुगे। राति एक बजे मात्रै वीरेन्द्रनगर–६ मा उनको शव फेला परेको खबर परिवारसम्म आइपुग्यो। चन्द्रप्रसाद घरबाट निस्केको पाँच घण्टापछि राति १० बजेर २० मिनेटमा प्रहरीले बुद्धपथमा मृत अवस्थामा भेटाएको थियो।

परिचय नखुलेको व्यक्ति मृत भेटिएपछि प्रदेश अस्पताल कालागाउँको शवगृहमा पुर्‍याइयो। डाक्टरले मृत घोषणा गरेपछि प्रहरीलाई संकट पर्‍यो। प्रहरीले अस्पतालमा बिरामीहरूलाई मृतकको हुलियासमेत बतायो। राती फेला परेको शव चन्द्रप्रसादको भएको पुष्टि भयो। भिनाजुको मृत्यु भएको खबर पाएका उनका सालाले फोनमार्फत परिवारका सदस्यलाई जानकारी गराएका थिए।

घटना गत फागुन १८ गते शनिबारको हो। चन्द्रप्रसाद मृत भेटिएको ४० दिन बित्यो। तर, हालसम्म उनको मृत्युको कारण खुल्न सकेको छैन। परिवारले कसैले हत्या गरेको हुनसक्ने भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी दर्ता गराएको छ। तर पाँच हप्ता बितिसक्दा पनि प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन।

सत्यतथ्य अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएको परिवारले न्यायका लागि हारगुहार गरेको छ। चन्द्रप्रसादकी छोरी संगीता आचार्यले बुवाको हत्या भएको दावी गर्दै न्यायका लागि सरोकारवाला निकायले प्रभावकारी रूपमा काम गरिदिन आग्रह गरेकी छन्।

‘घटना किन, कसरी र कसले घटायो भन्ने विषयमा एक महिना बित्यो प्रहरीले अनुसन्धान गरिरहेका छौँ भन्दै आलटाल गरिरहेको छ’ उनले भनिन्, ‘एकदमै निर्ममतापूर्वक हत्या गरी शव बाटोमा फालिएको अवस्थामा प्रहरीले नै भेटेको थियो। तर हालसम्म अनुसन्धान बाहेकको कुनै न्याय दिएको अनुभूति हुन सकेको छैन।’

घटनाको वास्तविकता नखुल्नुमा अपराधमा संलग्न व्यक्तिले योजनावद्ध तरिकाले हत्या गरी कानुनभन्दा माथिको हैसियत राखी प्रशासन र पीडित परिवार समक्ष घटना गुमनाम गर्न खोजिएको उनले बताइन्। घटनाप्रति प्रहरी प्रशासनबाट प्रभावकारी र सक्रियताका साथ काम नभएको छोरी संगीताको आरोप छ।

प्रहरीले शव भेटिसकेपछि पीडित परिवारको उपस्थितिविना नै शव उठाएको, अनुसन्धानमा ढिलाई गरेको, पीडित परिवारलाई जानकारी विना नै मुर्दाघरमा राखिनु लगायतका त्रुटी गरेको परिवारको आरोप छ। प्रहरीले घटनाका बारेमा समेत फरक-फरक कुरा पेश गरेको आरोप पीडित परिवारले लगाएका छन्।

‘प्रहरी प्रशासन र राजनीतिक दलका नेताहरूबाट छलकपट गरियो’ मृतकका दाजु भवानीप्रसाद आचार्यले भने,‘भाई मृत अवस्थामा भेटिएको एक महिना नौं दिन बितिसक्दा समेत कुनै नतिजा देखिएन।’ प्रहरीले घटनास्थलमा भेटिएका केही सामग्रीहरू अनुसन्धानका लागि काठमाडौँ पठाएको छ। तर, काठमाडौँबाट रिपोर्ट आउँदा पनि प्रहरीले सुर्खेत ल्याउन प्रक्रिया पूरा नगरेको आरोप छ।

पोष्टमार्टम रिपोर्ट आइसकेको छ। परिवार स्रोतका अनुसार  पोष्टमार्टम रिपोर्टमा चन्द्रप्रसादको सातवटा करङ भाचिएका छन्, भने टाउँको अगाडी र घाँटीमा चोट देखिएको छ। शरीरमा निला डाम देखिएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको घटनामा पीडितले न्याय नपाउनु र अनुसन्धानमा ढिलाई हुनुले प्रहरी प्रशासनले नै घटना गुमनाम बनाउन खोजेको भन्दै पीडित परिवारले आक्रोश पोखेका छन्। झण्डै डेढ महिना पुग्नै लाग्दा पनि घटनाबारे प्रष्ट धारण प्रहरीले नदिएको भन्दै परिवारले न्यायका लागि सबैसँग सहयोगको अपिल गरेका छन्।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने घटनालाई गम्भिरतापूर्वक लिइएको बताएको छ। प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले घटनाको अनुसन्धानमा कुनै कमी नभएको दावी गरे। ‘पीडितबाट किटानी जाहेरी आएको छैन, आवश्यक अनुसन्धानका लागि आएको जाहेरी दर्ता भएको छ’ उनले भने,‘घटनाको सत्यतथ्य पत्ता लगाएर छोड्छौँ।’

अनुसन्धान गर्ने वित्तिकै रिजल्ट नआउने भन्दै प्रवक्ता क्षेत्रीले घटनालाई सिआईवीले समेत अनुसन्धान शुरु गरेको जानकारी दिए। ‘कतिपय रिपार्ट हामी समक्ष आइसकेका छन्। केही रिपार्ट सिआइवीले छानविन गरिरहेको छ’ क्षेत्रीले भने, ‘चाडै नै अपराधीलाई कानुनी कठघरामा ल्याउन अनुसन्धान पक्षलाई प्रभावकारी बनाएर काम अघि बढाएका छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?