स्वस्थ पानी र सर्पदंशबाट बच्न चिकित्सकको सुझाव

हुरी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण फैलने खतरा

हुरी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण फैलने खतरा
+
-

पर्सा- हावाहुरी प्रभावित क्षेत्रमा विभिन्‍न किसिमका सरुवा रोगहरुको संक्रमण फैलिन सक्ने चिकित्सकहरुले बताएका छन्।

गत चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्साका प्रभावित क्षेत्रहरुमा झाडापाखाला, डेँगु,मलेरिया ,ज्वरो,टाईफाईड जस्ता बिभिन्न किसिमका रोगहरु देखापर्न सक्ने चिकित्सकहरुले बताएका हुन।

हुरी प्रभावित क्षेत्रका हजारौ स्थानीयहरु त्रिपाल/टेण्टमुनि बसिरहेकाले उनीहरुको स्वास्थ्यमा विभिन्‍न किसिमका रोगहरु देखिन सक्ने नारायणी अस्पतालका फैमिलि फिजिसियन डा उदय नारायण सिंहले बताए।

उनले भने, ‘प्राकृतिक विपत्ति आएपछि त्‍यस क्षेत्रमा स्वस्थ खाना,पिउने पानीको अभाव हुन्छ। साथै पर्याप्त मात्रामा निन्द्रा नपुग्‍ने भएकाले उनीहरुमा झाडापखाला,डेँगु,मलेरिया,ज्वरो ,टाइफाइड जस्ता रोगहरुको संक्रमण बढ्‍न सक्‍छ।’

यस्तै उनका अनुसार बिस्तारै गर्मी बढदै जानु र बेला बेलामा पानी समेत पर्नुले उनीहरुको स्वास्थय अवस्था बिग्रिन सक्ने र यस्तो अवस्थामा रोगहरुको जोखिम बढी हुनेछ।

तराइको गर्मीले टेन्ट र त्रिपालभित्र सर्पदंशको उत्तिकै जोखिम रहेको उनले बताए।उनले भने, ‘तराइतिर फागुन चैत्रको महिनामा सर्पदंशको जोखिम बढी हुने गर्दछ। यसकारण त्रिपाल र पाल बढी जोखिम हुन सक्छ।’ यसबाट बच्न राति घरबाहिर ननिस्कने र निस्किए पनि खुट्टामा मोजा लगाएर मात्रै निस्कन सुझाव दिएका छन्।

सरुवा रोग पानीबाट सर्ने भएकाले पानी जमेको ठाउँलाई पुर्ने र राति झुलको प्रयोग गर्न चिकित्सकहरुले हुरीप्रभावित स्थानीयहरुलाई सुझाव दिएका छन्।

यस्तै प्रभावितहरु मध्ये केही गर्भवती र सुत्केरी आमाहरु नवजात शिशु पनि रहेकाले उनीहरुको स्वास्थ्यमा पनि असर पर्ने बताएका छन्। उनले सुत्केरीलाई पोषिलो खानेकुरा खाने, झोलयुक्त खाना खाने, गेडा-गुडी, दालको पानी पनि पिउने गर्नाले स्वास्थयमा समस्या हुनबाट बचाउन सकिने बताए।

यस्तै हुरी प्रभावित क्षेत्रमा मानसिक समस्या पनि देखिन सक्ने भन्दै डा सिँहले खासगरि बालबालिका, बुढाबुढीहरुमा मानसिक समस्या जस्तै हुरी आउने बितिक्कै आतिने डराउने, रातिमा निन्दा नलाग्ने, पानी पर्दा वा कालो बादल लाग्दा पनि डराउने जस्ता समस्याहरु देखिन सक्ने जिकिर गरे।

‘घाउ लागेका धेरैजना बिरामी हुनु भएको छ ,डा सिँहले भने,‘घाउ लागेर उपचार गराएर घर फर्किएकाहरुले सरसफाई तथा ड्रेसिँग नगराए घाउहरु बल्झिने सम्भावना रहन्छ।’उनले धेरै घाउ लागेका ब्यक्तिहरुलाई उपचार गरि एवम टाका लगाएर पछि फेरि आउन भनिएको तथा समय समयमा डे«सिँगहरु गर्न भनिएको भएपनि त्यसरी घाउ लागेका ब्यक्तिले ध्यान नपुरयाएको खण्डमा घाउहरु बल्झिनेसम्भावना रहने बताए।

‘घाउ लागेर घाउमा टाँका लगाइएका बिरामीहरुले समयमै टाँका काटन आउनपर्छ डेसिँग पनि गराउनुपर्छ डा सिँहले भने,‘घाउमा बाधिएका पटिहरु धेरै दिनसमम बाँधिदा तथा टाकाहरु धेरै दिनसम्म नकाटिदा घाउहरु बल्झिने सम्भावना रहन्छ।

’डा सिंहले घाउहरु ड्रेसिँग गराउदा सकेसम्म स्वास्थय चौकीमै गराउनुपर्ने सुझाव दिए।‘घाउहरु डेसिँग गर्दा घरमा स्रोत साधनहरु भए जानेकोखण्डमा घरमै ड्रेसिँग गर्न सकिन्छ ,डा सिँहले भने,‘तर सकेसम्म स्वास्थय चौकीमै गराए राम्रो हुन्छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष