राष्ट्रिय गौरवको भेरी–बबई, प्रधानमन्त्रीद्धारा आज ‘ब्रेक–थ्रु’

राष्ट्रिय गौरवको भेरी–बबई, प्रधानमन्त्रीद्धारा आज ‘ब्रेक–थ्रु’
+
-

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ आज (मंगलबार) हुँदैछ । चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले तोकिएको मितिभन्दा एकवर्ष अगाडि नै सुरुङ खन्ने काम सकेको हो ।

विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत निर्माण गरिएको सुरुङको आज प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रू गर्दैछन् ।

सुरुङको ब्रेक–थ्रूका लागि कूल १२ किलोमिटर लम्बाइमध्ये जम्मा दुई मिटर मात्र खन्न बाँकी राखिएको छ । आयोजनाका निर्देशक सञ्जीव बरालले प्रधानमन्त्रीबाट मेसिनको स्वीच दबाएर ‘ब्रेक थ्रू’ गरिने जानकारी दिए ।

सुरुङ्ग निर्माणका लागि २०७४ कात्तिक २० गते बबईबाट छिराइएको मेसिन झण्डै १८ महिनापछि सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेमा निस्किदै छ । सम्झौताअनुसार आउँदो वर्षको (२०७६) चैत १५ गतेसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । तर, नेपालमै पहिलो पटक प्रयोगमा आएको टीविएम मेसिनद्धारा सुरुङ्ग निर्माण गरिएकाले निर्माण कम्पनीले सम्झौता मिति भन्दा करिब एक वर्ष अगाबै काम सकेको छ ।

सुरुङ खन्ने काम सकिएसँगै अब भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमामा रहेको बबई नदीमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने काम थालिनेछ ।

निर्देशक बरालका अनुसार सुरुङ्ग निर्माणको काम सकिएलगतै भेरीमा बाँध बाँध्ने र बबईमा विद्युत् उत्पादनका लागि आवश्यक प्रक्रिया सुरु गरिने छ । चालु आर्थिक वर्षमै निर्माण कम्पनीले आवश्यक काम अगाडी बढाउने छ ।

‘सुरुंगको ब्रेक–थ्रू भएसँगै विधुत गृह र बाँधको काम अगाडी बढ्छ’ निर्देशक बरालले भने,‘सुरुङ्गको आवश्यक टेस्टका लागि दैनिक रूपमा पानी छोड्ने काम गरिन्छ ।’ आयोजनाले सुखायाममा सुरुङ्ग समस्या आउन नदिन र परिक्षणका लागि दैनिक भेरीको आठदेखि १० घनमिटर पानी बबईमा खसाल्ने छ ।

चुरे क्षेत्रको पहाडमा १२ दशमलव २ किलोमिटर लामो सुरुङ खनिएको हो । सुरुङ तयार भएसँगै अब बाँकी कामले पनि गति लिने आयोजनाका निर्देशक बरालको दावी छ ।

चुनौतिपूर्ण मानिएको सुरुङ निर्माणको काम सफल भएसँगै अब आयोजना समयमै बन्ने निश्चित भएको हो । चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रति सेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ ।

बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसमेत आयोजनाले लिएको छ ।

‘६ किलोमिटर सुरुङ्ग सुरुङ निर्माण हुँदा आएको समस्यामा काम सफल हुने–नहुने भन्ने आशंका थियो’ निर्देशक बरालले भने,‘जोखिम मानिएको काम सफल भयो, अब आयोजनाका अन्य काम पनि धमाधम अगाडि बढ्छ । आयोजना समयमा सम्पन्न हुन्छ ।’

पहिलो चरणमा सुरुङ निर्माण सम्पन्न भएपछि अब दोस्रो चरणमा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रशारणमा जोड्ने र तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढिरहेको निर्देशक बरालले जानकारी दिए ।

उनका अनुसार बबईमा पावर हाउस र भेरी नदीको चिप्लेस्थित बाँध निर्माणको काममा लागि टेण्डरसमेत भइसकेको छ ।

सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनी (कोभेक) बीच सुरुङ निर्माणका लागि २०७१ माघ १५ गते ठेक्का सम्झौता भएको थियो । स्वदेशी लगानीमा नै निर्माण हुन लागेको यो आयोजनाको काम २०७१ बाट सुरु भएको हो ।

२०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यो आयोजनाको शिलान्यास गरेका थिए । २०७९ सालसम्म सम्पूर्ण कामहरू सकिने आयोजनाले रणनीति बनाएको छ । अब बाँकी काम लगतै शुरु हुने र समयमा सक्ने लक्ष्य लिइएकाले २०७९ सालसम्म बार्दियाबासीले सिँचाइका लागि समस्या झेल्नुपर्ने छैन भने विधुत उत्पादनसमेत गरिने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?