सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको मंगलबार ‘ब्रेक–थ्रू’ भएको छ।
सुरुङको कुल १२ किलोमिटर लम्बाई मध्ये दुई मिटर मात्रै बाँकी हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भेरीगंगा नगरपालिकाको चिप्लेमा मेसिनको स्वीच दवाएर सुरुङको ‘ब्रेक–थ्रू’ गरेका हुन्।
उक्त सुरुङमार्फत भेरी नदीको ४० प्रतिशत पानी बबई नदीमा झार्ने योजना रहेको छ। जसबाट विद्युत उत्पादन गर्नुका साथै बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पुर्याउने उद्देश्य रहेको छ।
चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले तोकिएको समयभन्दा एकवर्ष अगावै सुरुङ खन्ने कार्य सम्पन्न गरेको हो।
ब्रेक थ्रू को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उर्जा मन्त्री बर्षमान पुन, प्रदेश–८ का मुख्य मन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको उपस्थिति थियो।

भर्खरै
लोकप्रिय






































































































































































































