विकास र समृद्धि हाम्रै पालामा-प्रधानमन्त्री

विकास र समृद्धि हाम्रै पालामा-प्रधानमन्त्री
+
-

सुर्खेत-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको तीव्र गतिमा गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्। भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ्गको ‘ब्रेक थ्रू’ समाहरोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको गरिवि हटाएरै छाड्ने संकल्पका साथ विकास निर्माणलाई अगाडी बढाएको बताएका हुन्।

‘प्रविधियुक्त टिविएमले नेपालमै पहिलो पटक जोखिमयुक्त चुरे क्षेत्रमा सुरुङ्ग निर्माण गर्न सफल भएको छ’ उनले भने,‘विकास गर्छौ भनेर ढिलो गर्ने होइन, छिटो गर्नुपर्छ। हाम्रै समयमा नेपालको विकास हुन्छ, समृद्धि हुन्छ, जनता खुसी हुन्छन्।’

भेरी–बबई आयोजना लगतै अन्य सुरुङ्ग निर्माण काममा पनि टिविएम (टर्नेल बोरिङ्ग मेसिन) प्रविधिको उच्चतम प्रयोग गरेर विकास निर्माणलाई अगाडी बढाइने उनले बताए। भेरीको पानी बबईमा झारेर विद्युत उत्पादन तथा खेतीयोग्य जमिनको सिचाई गर्दा मुलुकलाई सात अर्ब फाइदा हुने बताए। विधुतबाट वार्षिक रपमा ४ अर्व र कृषिबाट ३.१ अर्व रुपैयाँ फाइदा हुने उनले बताए।‘जलस्रोतको उच्चतम प्रयोगसँगै कृषिमा आधुनिकीकरण गरिने छ’ प्रधानमन्त्री वलीले भने,‘सुरुङ्गमार्फत बनाउनुपर्ने अन्य आयोजनाहरु पनि समयमा नै बनाउँछौं।’

सुरुङ्ग निर्माणले मात्रै नभई सिर्चाइका लागि बाँके र बर्दियाका खेतसम्म पानी पुर्‍याउने काम तीव्र अगाडी बढाउनुपर्ने बताए। उनले भेरीको पानी बबईमा लिँदा प्रभावित भइन्छ भन्नेबारे चिन्ता नगर्न आग्रह गरे। ‘पानी कुन खेतमा प्रयोग भयो होइन्, नेपालमै हो।

भेरीको पानी खेतमा प्रयोग गरी कृषि उत्पादन बढेपछि अन्य क्षेत्रमा ध्यान दिन्छौं’ उनले भने,‘जनताको सरकार छ, भोकमारी परे बताउनुहोला। ३÷४ घण्टा हिडेर पुग्नेगरि डाडामा बनाइएका घरहरु सुरक्षित स्थानमा सारिन्छ। सरकारले जनताका समस्यामा काम गर्दछ, चिन्ता नगर्नुहोस्।’ उनले ७१ सालमा आएको बाढीका कारण घरवासविहीन बनेको १०४५ घरपरिवारलाई असारसम्म छानामुनी ल्याउने आश्वासन दिए।

‘सरकारले कृषि, पर्यटन, उर्जा, प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनलाई उत्तिकै प्राथमिकता दिएको छ’उनले भने,‘उत्तरका हिमाली जिल्लामा खाद्यान्न पुर्‍याउन चीनका बाटोहरु प्रयोग गरेका छौं, भोकै मर्नुपर्ने अवस्था छैन्।’

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले गरिवीलाई मध्यम वर्गमा पुर्‍याउन तीव्र विकास आवश्यक रहेको बताए। ‘भेरी–बबई आयोजनाले ४१ हजार हेक्टर सिँचाई ४८ मेगावाट विधुत उत्पादन हनेछ’ मन्त्री पुनले भने,‘जनताको जलविधुत आयोजना अन्तरगत ४९ प्रतिशत शेयर प्रदेशका जनताले हाल्ने छन्।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कर्णाली र प्रदेश पाँचको मितेरी आयोजनाका रुपमा लिइएको बताए। उनले कर्णालीका लागि आवश्यक खाद्यान्न बाँके र बर्दियाले परिपुर्ती गर्ने धारण राखे।

चिनियाँ राजदुत होउ यान्छीले चिनिया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी (कोभेक)ले सम्झौता मितिभन्दा एक वर्ष अगावै आयोजना निर्माण सम्पन्न गरि नयाँ वर्षको उपहार स्वरुप हस्तान्तरण गरिएको बताइन्। नेपालको विकासका लागि द्धिपक्षिय समझदायी अनुसार नै चीन सरकार सहयोग गर्न तयार रहेको उनले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?