सीमा नाका बन्द, सूचना सार्वजनिक नहुँदा सर्वसाधारणले दुःख पाए

सीमा नाका बन्द, सूचना सार्वजनिक नहुँदा सर्वसाधारणले दुःख पाए
+
-

विर्तामोड– भारतको पश्चिम बंगाल राज्यमा भोलि (बिहीबार) हुने लोकसभा निर्वाचनका लागि सीमा नाका बन्द हुने सूचना सार्वजनिक नहुँदा सर्वसाधारणले दुःख पाएका छन्।

सीमावर्ती भारतीय बजार गएका धेरै नेपालीहरु अहिले भारतको सीमा बजार पानीटेंकीमा अड्केर बसेका छन्। तर त्यहाँ कति नेपाली छन् भन्ने यकिन नभएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक महेश थापाले बताए।

उनले भने, ‘बोर्डर निकै टाइट गरेका छन् भारतीय सुरक्षाकर्मीले। अहिले बिहान केही मान्छेलाई खोलाबाट नेपाल छिर्न दिए। तर अझै पनि नेपालीहरु पानीटेंकीमा अड्केका छन्।’

सीमा नाका बन्द गराउने विषयमा दुई देशका सीमा अधिकारीहरुको बैठक हुन्छ। बैठकका निर्णय जिल्ला प्रशासन कार्यालयको वेभसाइटमा राखिन्छ। तर धेरै सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयको वेभसाइट हेर्दैनन्।

सर्वसाधारणको पहुँचका माध्यमबाट सूचना जारी नहुँदा सीमामा नेपालीले दुःख पाएका हुन्। झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले ढिलै भए पनि आम सञ्चारका माध्यमबाट सर्वसाधारणका सूचना जारी गर्ने प्रतिबद्धता व्यक्त गरे।

मंगलबार साँझ ६ बजेदेखि सीमा नाका बन्द भए पनि राति १० सम्म केही खुकुलो गरिदिने भारतीय पक्षले जनाएको प्रजिअ दहालले बताए।

तर एम्बुलेन्स र भारतीय निर्वाचन आयोगको परिचय पत्र बोकेका भारतीय नागरिकलाई समेत भारतीय सुरक्षाकर्मीले सीमामा रोकेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?