हिरासतमा आत्महत्या! के हेर्यो प्रहरीले?

हिरासतमा आत्महत्या! के हेर्यो प्रहरीले?
+
-

विर्तामोड – इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका एक किशोरको गत बैशाख १ गते राति रहस्यमय मृत्यु भएपछि हिरासत भित्र प्रहरीको सुरक्षामाथि प्रश्न चिन्ह उठेको छ। इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरीको काम कार्वाही शंकाको घेरामा परेको छ।

गत ०७५ साल चैत्र २८ गते १० हजार रुपैयाँ चोरीको अभियोगमा इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको मेचीनगर– ६ का १६ वर्षीय किशोर किरण कार्कीढोलीको हिरासतमै बैशाख १ गते राति २ बजे मृत्यु भएको थियो।

किशोर कार्की ढोलीले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ। तर डोरी लिएर झुण्डिँदा प्रहरीले के हेरेर बसेको थियो? परिवारका सदस्यहरुले प्रश्न गरिरहेका छन्। किशोरका परिवारले प्रहरी चरम यातना दिएर हत्या गरेको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार उक्त किशोर वेवारिसे अवस्थामा थिए।

उनले आत्महत्या गरेपछि आफन्तको खोजी गर्ने काम भएको डिएसपी श्रेष्ठले बताए। पछि बाबु पत्ता लागेपछि बाबुले ‘मैले छोरा माया मारिसकेको’ भनेपछि प्रहरीले पोस्टमार्टमका लागि लगेको दाबी प्रहरीको छ।

तर हिरासतमा आत्महत्या गरुन्जेल प्रहरी कार्यालयका प्रहरी के हेरेर बसेका थिए? त्यस्को छानविन हुने श्रेष्ठले बताए। उनले भने, ‘दोषी त पक्कै कोही छ। नत्र उसले आत्महत्या गरुन्जेल प्रहरीले के हेरेर बस्यो? जिल्ला प्रहरी कार्यालयले मेरो संयोजकत्वमा छानविन समिति बनाएको छ। दोषी उम्कँदैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?