राप्रपाले झापामा जलायो धर्म निरपेक्षताको ब्यानर

राप्रपाले झापामा जलायो धर्म निरपेक्षताको ब्यानर
+
-

चन्द्रगढी–राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको सदरमुकाम चन्द्रगढीमा धर्म निरपेक्षताको ब्यानर जलाएको छ। चन्द्रगढीको विरेन्द्र माध्यमिक विद्यालय अगाडि भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाएका हुन्।

पार्टीका महामन्त्री राजेन्द्र लिङदेनको नेतृत्वमा निस्केको जुलुसले चन्द्रगढीमा धर्म निरपेक्षताको ब्यानर जलाएको हो। कार्यक्रममा महामन्त्री लिङदेनले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताए। उनले भने, ‘धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको हो।’

राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको थियो। त्यसपछि उक्त पार्टी लगातार सडक संघर्षमा छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?