देउवाको प्रश्नः भोट अरुलाई दिने अहिले कांग्रेस कमजोर भयो भन्ने?

देउवाको प्रश्नः भोट अरुलाई दिने अहिले कांग्रेस कमजोर भयो भन्ने?
+
-

झापा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताएका छन् । झापाको चन्द्रगढि विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले सरकारका पछिल्ला गतिविधिले अधिनायकवादको संकेत गरेको बताएका हुन् ।

उनले भने, ‘यो सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको छ । सेना परिचालनको जिम्मा प्रधानमन्त्रीले लिने प्रयास तथा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र देखाएको छ ।’

सभापति देउवाले नेकपाका नेता विष्णु पौडेलले किनेको भनेको सो जग्गा सुवर्ण शम्शेरको रहेको बताए । ललिता सुवर्णकी श्रीमती रहेको भन्दै उनले सरकारले अधिग्रहण गरेको जग्गा यदि कसैले पाउने भए सुवर्ण शम्शेरका नातिले पाउनु पर्ने बताए ।

यस्तै देउवाले कांग्रेस कमजोर नबनेको पनि दाबी गरेको छन् । प्रतिपक्षका रुपमा कांग्रेसको भूमिका कमजोर भएको भन्ने बारेमा प्रतिक्रिया दिँदै उनले भने, ‘चुनावमा भोट अरुलाई दिने अहिले आएर कांग्रेस कमजोर भयो भन्ने ? हामी कमजोर छैनौँ ।’

पार्टीका स्थानीय तहका समितिहरु सहमतिमै बनाउन आफू प्रयासरत रहेको पनि उनले बताए । यसका लागि आन्तरिक छलफल भइरहेको उनको भनाई छ ।

समिति बनाउँदा संक्रमणकालीन समिति बनाउने कि महाधिवेशनसम्म यत्तिकै जाने भन्नेबारे छलफल भइरहेको उनको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?