आजदेखि केपीएल, छक्का समात्ने दर्शकलाई एक हजार

आजदेखि केपीएल, छक्का समात्ने दर्शकलाई एक हजार
+
-

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा आज (बिहीवार) देखि कर्णाली प्रिमियर लिग (केपीएल)को दोस्रो संस्करण सुरु हुँदैछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय सहित ८ टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिता सञ्चालनको लागी खेलमैदान मर्मत तथा सम्भार लगायतका सम्पूर्ण तयारी पूरा भएको आयोजक कर्णाली क्रिकेट एकेडेमीले जनाएको छ ।
आज हुने उद्घाटन खेलमा घरेलु टोली कर्णाली–११ र झापाको लालिगुराँस क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटनमा एक खेल हुने भएपनि अन्य दिनमा भने दुई खेल हुने एकेडेमीका अध्यक्ष जीवन शाहीले बताए । आठ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए । समुह ‘ए’ मा घरेलु टोली कर्णाली–११, त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम किक्रेट कल्ब र लालिगुराँस क्रिकेट एकेडमी रहेका छन् ।

समुह ‘बी’मा सशस्त्र प्रहरीको एपिएफ, महेन्द्रनगर क्रिकेट एकेडेमी, न्यू होराईजन बुटवल र हिमालय किक्रेट एकेडेमी रहेका छन् । लिग–कम नक–आउट फर्म्याटमा सञ्चालन हुने प्रतियोगितमा २ समूहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन् । लिगको विजेताले पाँच लाख पाउने छ ।

प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्ने छन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार प्राप्त गर्नेछन् । यस्तै फाइनल खेलमा एक जना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा छक्का समात्ने दर्शकलाई एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’