चिया बगान बन्दको २८ औँ दिन

‘धर्ना र जुलुसले उद्योगीको कानमा बतास लागेन’

‘धर्ना र जुलुसले उद्योगीको कानमा बतास लागेन’
+
-

विर्तामोड – पूर्वी तराई तथा पहाडमा विस्तारित चिया बगान बन्द भएको शनिबार २८ दिन पुगेको छ।

तर अहिलेसम्म चिया बगान कहिले खुल्छ पत्तो छैन। सरकारले तोकेको न्यूनतम ज्याला नपाएपछि चिया बगान तथा उद्योगका मजदुरले हड्ताल गरि सडकमा निस्केका छन्।

उनीहरुले सडकमा प्रदर्शन गर्नेदेखि, हतियार जुलुस, थालसम्म ठटाए। तर उनीहरुको कुरा कसैले नसुनिदिएको मजदुर नेताहरु बताउँछन्।

चिया मजदुरहरु जिल्ला प्रशासन कार्यालय झापामा धर्ना पनि बसे। प्रमुख जिल्ला अधिकारीले कानुन कार्यान्वयन गरेर हड्ताल समाप्त पार्न सहयोग गरिदिन आग्रह गर्दै उद्योगीलाई पत्र लेखे।

चिया उद्योगीका तर्फबाट कुनै सकारात्मक कुरा नआएको मजदुरहरु बताउँछन्। मजदुरले आइतबार विर्तामोडको मुक्ति चोकमा उद्योगीको पुत्ला जलाउने कार्यक्रम तय गरेको चिया मजदुरका एकजना नेता सीता सापकोटाले बताइन्।

श्रम ऐन २०७४ ले सबै क्षेत्रका मजदुरलाई एक रुपले हेरेपछि चिया क्षेत्रमा समस्या देखिएको हो। चिया उद्योगीहरुका अनुसार चिया क्षेत्रलाई सबै क्षेत्रसँग मिलाइएकाले यो अवैज्ञानिक भएको हो।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार चिया उद्योगीमाथि एक्कासी थेग्नै नसक्ने गरि आर्थिक भार पर्ने किसिमको ऐन आएपछि चिया क्षेत्र धरासायी बन्ने स्थिति छ।

उनले भने, ‘भारतमा भन्दा धेरै सुविधा मजदुरलाई हामी दिनु परेपछि हामीले हात उठाउन बाहेको अर्को विकल्प छैन।’

श्रम ऐनले चिया मजदुरको दैनिक ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ। तर उनीहरुले २ सय ७८ रुपैयाँ पाउँदै आएका छन्। त्यही नयाँ ज्याला गत साउन महिनादेखि पाउनुपर्ने माग गर्दै विगत सात दिनदेखि मजदुर आन्दोलनमा छन्।

मित्तल भन्छन्, ‘हामी कानुनले उल्लेख गरेको कुरा मान्दैनौं भन्न पनि सक्दैनौं। तर कानुनले तोकेको ज्याला दिन पनि सक्दैनौँ।’

कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था नयाँ श्रम ऐनले गरेको छ।

यो सुविधा पाउनका लागि अब स्थायी हुनुपर्ने छैन। नयाँ श्रम ऐन–२०७४ ले सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?