चिया मजदुरले जलाए उद्योगीको पुत्ला

चिया मजदुरले जलाए  उद्योगीको पुत्ला
+
-

विर्तामोड– आन्दोलनरत चिया मजदुरले उचित ज्याला नपाएको विरोधमा आइतबार विर्तामोडमा चिया उद्योगीको पुत्ला जलाएका छन्। विर्तामोडको मुक्ति चोकमा उनीहरुले चिया उद्योगीका पुत्ला दहन गरेका हुन्।

राजपत्रमा उल्लेख भए अनुसारको ज्याला नभएको भन्दै उनीहरु गत चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रेका छन्।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी चिया बगान तथा उद्योगमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३ सय ८५ रुपैयाँ तोकेको थियो। उद्योगमा काम गर्ने श्रमिकलाई ४२ रुपैयाँ थपेर ४ सय २७ रुपैयाँ तोकेको थियो। तर, यो प्रावधान कार्यान्वयनमा नआएकाले चिया मजदुर करिब एक महिनादेखि संघर्षरत छन्।

ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन उनीहरुले माग गरेका छन्। श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचार लगायतको व्यवस्था छ।

एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलबवृद्धि पाउने ऐनमा उल्लेख छ।

आफ्नो धर्म–संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

श्रम नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करार लगायतको व्यवस्था गरेको छ।

नेपालमा वार्षिक करीब दुई करोड ५० लाख किलो तयारी चिया उत्पादन हुने गरेको तथ्याङ्क राष्ट्रिय चिया तथा कफी विकास बोर्डको छ।

तर पटक–पटकका आन्दोलनका कारण चिया उद्योग धरासायी बन्ने हो कि भन्ने चिन्ता थपिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?