राजधानीबासीको हर्ष

बस्तीमा गाडी पुग्दा स्थानीयबासीले गरे भोजभतेर

बस्तीमा गाडी पुग्दा स्थानीयबासीले गरे भोजभतेर
+
-

सुर्खेत- कर्णाली प्रदेश राजधानीको वीरेन्दनगर नगरपालिका–९ सत्यकाडामा पहिलो पटक गाडी पुगेको छ। अलायचौर–सत्यकाडा–बुलबुले सडक खण्डको ट्र्याक खुलेसँगै गाडी पुगेका हुन्।

वीरेन्द्रनगर नगरपालिकाको पाँच लाख र वडापालिकाको एक लाख गरी ६ लाख रुपैयाँमा उपभोक्ता समितिमार्फत वीरेन्द्रनगरको अलायचौरबाट सत्यकाडासम्म सडक निर्माण गरिएको हो। चैत ८ गतेबाट शुरु गरिएको सडकको ट्याक निर्माण कार्य शनिबार सकिएको छ।

पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य यामलाल कंडेल, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया भण्डारीसहितले आइतबार सडकको उद्घाटनसँगै निरीक्षण गरेका छन्। पहिलो पटक सडक पुगेपछि हर्षित भएका स्थानीय खुसीयाली मनाएका छन्।

पहिलो पटक बस्तीमा गाडी पुगेपछि स्थानीयले भोजभतेर गरेरै खुसी साटेका हुन्। सडक पुगेसँगै पहिलो पटक बस्तीमा पुगेका पूर्वमन्त्री कंडेल, उपप्रमुख भण्डारीसहितको टोलीलाई स्थानीयले फुलमालाले स्वागत गरेका थिए।

प्रदेश राजधानीकै नगर भित्रको पर्ने सत्यकाडाबासीले सडक सञ्जाल नजोडिएकाले माध्यमिक तह अध्ययनका लागि घण्टौ हिड्नुपर्ने बाध्यता थियो। ‘विरामी हुँदा स्टेचर बोक्नसमेत कठिन हुने गरेको थियो’ समाजसेवी ऋषि गिरीले भने,‘यहाँका बासिन्दाले विरामी हुँदा उपचार पाउन नसक्ने अवस्था छ, वीरेन्द्रनगरलाई प्रदेश राजधानी तोकेपनि सडक सञ्जालबाट उपेक्षामा परेको थियो। ट्याक खुल्नु नै यस गाउँका लागि ठुलो उपलव्धी हो।’

सुर्खेत उपत्यकामध्ये पुरानो बस्ती सत्यकाडामा पनि हो। द्वन्द्वकालमा प्रभावित बन्यो। सत्यकाडाबाट उपत्यकाको दृष्य देखिने भएकाले पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए। स्थानीय उत्पादनले बजारीकरण नपाउने, उपचारदेखि खाद्यान्नसमेत ढुवानीमा यस क्षेत्रका बासिन्दाले विगतमा भोग्दै आएको समस्या समाधान हुने विश्वास लिएको बताए।

विधुत, सडक, खानेपानी लगायतका समस्याले सत्यकाडा र बुलबुले गाउँ विगतदेखिनै तग्रिन नसकेको पूर्व गाविस अध्यक्ष अमृत विसीले बताए। ‘प्रदेश राजधानीकै वडामा अध्यारोमा बस्नुपर्ने र खानेपानी नपाउने समस्या छ। अव यस क्षेत्रको मुहार फेरिदै छ। विगतमा जनप्रतिनीधिको भूमिकामा रहँदा गरेको प्रयास नै असफल हुनपुग्यो’ उनले भने।

सडक सञ्जाल पुगेसँगै गाउँको उत्पादनले बजार पाउने, स्वास्थ्य, शिक्षामा समेत पहुँच पुग्ने भन्दै स्थानीयबासीहरु हर्षित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?