भुटानलाई पाखा लगाउँदै पुलिस सेमिफाइनलमा

भुटानलाई पाखा लगाउँदै पुलिस सेमिफाइनलमा
+
-

काँकरभिटा – मेची नेत्रालय मेचीनगर गोल्डकपको सोमबार भएको खेलमा पाहुना टोली भुटानको पारो एफसीलाई ३-० को अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। सेमीफाइनलमा पुलिसले संकटा क्लबको सामना गर्ने छ।

पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोल मार्फत पुलिसले अग्रता लिएको थियो। तेज तामाङको फ्रि किकलाई मानबहादुर परियारले मिलाई दिएको पासलाई कन्ट्रोल गर्दै शाहले गरेको प्रहारले जाली चुमेको थियो।

५६ औं मिनेटमा सुमन लामाको पासमा रबी पासवानले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको दुई मिनेट बित्न नपाउँदै पासवानले टीमको लागि अर्को गोल गरेपछि पुलिसको जित सुनिश्चित भएको थियो।

१८ औं मिनेटमा भरत शाहको प्रहार भुटानका गोलरक्ष शेरब ग्याल्सेनले बचाए। ३० औं मिनेटमा निरकुमार राईको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ३छ औ मिनेटमा आशिष गुरुङको हेडर बारमा लागेर फर्कियो।

३३ औ मिनेटमा भुटानका करण राईको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए। ४६ औ मिनेटमा दिवस सुब्बाको कडा प्रहार गोलरक्षक चौधरीले पञ्च गरेर फर्काए। ४९ औ मिनेटमा भुटानका सेड्रिक अबाले गोल गर्ने अवसर खेर फाले।

खेलको म्यान अफ द म्याच बिजेता टीम नेपाल पुलिस क्लबका रवी पासवान भए। उनले नगद ११ हजार रुपैंया पुरस्कार पाए। मंगलबारको खेल रुस्लान थ्रि स्टार क्लब काठमाण्डौ र इलामको माइ भ्याली क्लबबीच हुने आयोजक समितिका उपाध्यक्ष नवराज ओलीले जानकारी दिए।

बैशाख १२ गतेदेखि शरु भएको प्रतियोगितामा नेपालका ८, क्यामरुनको दाउफिन्स एफसी र भुटानको पारो एफसीको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले १० लाख १ हजार, उपबिजेताले ५ लाख १ हजार रुपैया पुरस्कार पाउने छ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिलो पटकको भेटका कारण शुरुमा स्कोर हुन नसकेको बताए। उनले खेलाडीको तालमेलका कारण जित निकाल्न सकिएको बताए।

भुटानका प्रशिक्षक पुष्पलालले कृतिम मैदानमा खेल्ने खेलाडीलाई प्रकृतिक मैदानका कारण खुलेर खेल्न नपाएको टिप्पणी गरे। उनले नियमित खेल्ने ६ जना खेलाडीको अनुपस्थितीमा सोचेअनुकुलको नतिजा निकाल्न नसकिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?