भारतीय नागरिकलाई नागरिकता सिफारिस गर्नेमाथि पक्राउ पुर्जी जारी

भारतीय नागरिकलाई नागरिकता सिफारिस गर्नेमाथि पक्राउ पुर्जी जारी
+
-

विर्तामोड – एकजना भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस गर्ने वडाध्यक्षसमेत गरि ९ जना अनुसन्धानका लागि तानिने भएका छन्।

भारतीयलाई नेपाली नागरिकता बनाउन कागज मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासी अनुसन्धानका लागि तानिने भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

जिल्ला अदालत झापाले नागरिकता सिफारिसमा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ आदेश जारी गरेपछि प्रहरीले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

करिब एक साताअघि नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापामा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो।

झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकला गुरुङले जेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए।

प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाट पक्राउ गरेको थियो।

भूपालबाट भारतीय मतदाता परिचयपत्र बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। परिचयपत्रमा भूपालको बुबाको नाम चन्द्रबहादुर गुरुङ लेखिएको पाइएको छ।

दुवैलाई झापा अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ।

भूपालको जन्मदर्ता बनाउन तयार पारिएको सर्जिमिनमा कचनकवल २ बस्ने कविदास गुरुङ, कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन्।

सर्जिमिनमा वडा सचिव हरिप्रसाद गौतमको हस्ताक्षरसहित छाप लगाइएको छ। उनीहरु ९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको डिएसपी श्रेष्ठले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?