तातो सडकमा सुतेर चिया मजदुरद्वारा सरकारले तोकेको ज्याला माग

तातो सडकमा सुतेर चिया मजदुरद्वारा सरकारले तोकेको ज्याला माग
+
-

बिर्तामोड- गत चैत १७ गतेबाट आन्दोलनमा उत्रेका पूर्वका चिया मजदुरले तातो सडकमा सुतेर सरकारले तोकेको ज्याला माग गरेका छन्।

मंगलबार झापाको विर्तामोड चोकमा पूर्व पश्चिम राजमार्गमै सुतेर उनीहरुले सरकारले मजदुरका लागि तोकेको ज्याला माग गरेका हुन्।

आन्दोलनको ३८ औं दिनमा मजदुरले श्रम ऐन २०७४ लागु गर्न माग गर्दै तातो सडकमा सुतेका हुन्।

सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ रुपैयाँ र अतिरिक्त समयका लागि प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ।

तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपियाँ मात्र पाइरहेका छन्।

कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपियाँ तोकिएको छ। तर, त्यो पनि कार्यान्वयन भएको छैन।

मजदुरको आन्दोलन अब चिया उद्योगीतर्फ मात्र नसोझिने चिया मजदुरकी एकजना नेता सीता सापकोटाले बताइन्।

उनका अनुसार अबको आन्दोलन राज्यप्रति पनि लक्षित छ।

सापकोटाले भनिन्, ‘राज्य पनि हाम्रा मागका विषयमा उदासीन बनेकाले आन्दोलन थप सशक्त बनाउँदै लानेछौं।’

श्रम ऐन २०७४ ले सबै क्षेत्रका मजदुरलाई एक रुपले हेरेपछि चिया क्षेत्रमा समस्या देखिएको हो। चिया उद्योगीहरुका अनुसार चिया क्षेत्रलाई सबै क्षेत्रसंग मिलाइएकाले यो अवैज्ञानिक भएको हो।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार चिया उद्योगीमाथि एक्कासी थेग्नै नसक्ने गरि आर्थिक भार पर्ने किसिमको ऐन आएपछि चिया क्षेत्र धरासायी बन्ने स्थिति छ।

उनले भने, ‘भारतमा भन्दा धेरै सुविधा मजदुरलाई हामी दिनु परेपछि हामीले हात उठाउन बाहेको अर्को विकल्प छैन। हामी कानुनले उल्लेख गरेको कुरा मान्दैनौं भन्न पनि सक्दैनौं। तर कानुनले तोकेको ज्याला दिन पनि सक्दैनौं।’

कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था नयाँ श्रम ऐनले गरेको छ।

यो सुविधा पाउनका लागि अब स्थायी हुनुपर्ने छैन। नयाँ श्रम ऐन–२०७४ ले सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?