मिजोरमबाट उद्वार गरिएकाहरु भन्छन्, ‘विदेश जानु हाम्रो बाध्यता हो’

मिजोरमबाट उद्वार गरिएकाहरु भन्छन्, ‘विदेश जानु हाम्रो बाध्यता हो’
+
-

विर्तामोड-भारतको पूर्वोत्तर राज्य मिजोरमबाट उद्धार गरेर नेपाल ल्याइएका महिलाहरुले जोखिम मोलेर विदेश जानु आफूहरुको रहर नभइ बाध्यता भएको बताएका छन्।

२३ जनाको संख्यामा रहेका उनीहरुलाई मिजोरम प्रहरीले पक्राउ गरी विहीबार नेपाल सरकारको जिम्मा लगाएको थियो। अबैध बाटो हुँदै उनीहरु म्यान्मा भएर विभिन्न खाडी मुलुक जान लागेको अवस्थामा फेला परेका थिए।

करिब अढाई महिना अघि पनि भारतकै मणिपुर राज्यबाट १ सय ४७ जना महिला तथा ४२ जना पुरुषलाई उद्धार गरि नेपाल ल्याइएको थियो। बिहीबार नेपाल ल्याइएका महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ।

उद्धार गरेर ल्याइएकाहरु अधिकांश नेपालबाटै श्रम स्वीकृती लिएर विदेश जानसक्ने अवस्थाका छैनन्।कतिपय महिला ३५ बर्ष नाघेका छन् भने कतिपय पहिला पनि अबैध बाटो हुँदै खाडी मुलुक गएर फर्केकाहरु छन्।

उद्धार गरेर ल्याइएकी सिन्धुपाल्चोक घर भएकी ३९ वर्षीया एकजना एकल महिलाका अनुसार धेरै महिलाहरु पारिवारिक विछोडको शिकार भएकाहरु छन्। उनले भनिन्,’म एकल महिला हुँ।मेरा छोरा छोरी छन्।हामी जस्ताले गरिखानसक्ने अवस्था छैन।त्यसैले जोखिम मोलेरै भए पनि कुवेत जान म सहमत भएकी हुँ।’

पहिला पनि दुई पटक कुवेत गएर फर्किएको उनले बताइन्।उनले नेपालबाटै जाने अवस्था बने जोखिम मोलेर भारतको बाटो प्रयोग नगर्ने बताइन्।

सुर्खेत घर भएकी २० बर्षिया दलित परिवारकी एक महिलाले पनि यस अघि एक पटक कुवेत गएर फर्किएको बताइन्।आफ्ना दुई सन्तानको पालन पोषणका लागि फेरि कुवेत जान भारतको बाटो रोजेको उनले बताइन्। उनले भनिन्, ‘पहिला पनि म दिल्लीबाट कुवेत उडेको थिएँ।’

उनीहरुको एउटै मुख्य माग छ, ‘काम गर्न सक्ने महिलाले नेपालबाटै विदेश जाने वातावरण बनोस्।’

उद्धार गरेर ल्याइएका महिलाहरुका अनुसार उनीहरु भन्दा केही समय अघिसम्म उत्तर पूर्वी भारतका राज्यहरु हुँदै कम्तीमा तीनसय महिला म्यान्मा गइसकेका थिए। तर उनीहरुलाई भने मिजोरम प्रहरीले पक्राउ गरेर नेपाललाई जिम्मा लगाएको हो।

माइती नेपालका अनुसार अढाई महिना अघि मणिपुरबाट उद्धार गरिएकाहरुमा पनि अधिकांश बेसहारा महिलाहरु रहेका थिए।कतिपयले आफ्ना छोरा छोरीलाई काठमाडौंमा डेरा राखेर विदेश जान लागेका माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए।

उनले भने, ‘उनीहरु जानसक्ने अवस्था पनि रहेन।डेरा भाडा पनि तिर्ने पैसा छैन।उद्धार गरेर ल्याइएकाहरुको हकमा उनीहरुलाई गाँस, बास र कपासको जिम्मा राज्यले लिनुपर्छ।’

महिलाहरु पनि भन्छन्, ‘नेपालमै रोजगारीको बाटो भइदिए विदेश गएर दुःख पाउनु कुनै रहर छैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?