
झापा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नदीको पुलमा भेटिएको शंकास्पद बम अझैसम्म निष्क्रिय पारिएको छैन । आइतबार बिहानै पुलमा शंकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर भएको थियो ।
अहिले सुरक्षाका कारण आवत–जावत बन्द गरिएको र प्रहरी टोलीले सुरक्षा दिइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । नेपाली सेनाको चारआली ब्यारेकबाट बम डिस्पोजल टोली पुगेको छ ।
शंकास्पद बस्तु राखिएको ठाउँमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको पर्चा भेटिएको छ । सुगौली सन्धि मार्फत नेपालले गुमाएको भूमि फिर्ता हुनु पर्ने, २०४६ सालदेखि अहिलेसम्म विदेशीलाई दिएको अंगिकृत नागरिकता खारेज हुनु पर्ने, संघीयता खारेज हुनु पर्ने, भ्रष्टाचारिलाई कारवाही हुनु पर्ने तथा निशुल्क शिक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था हुनु पर्ने मागसहितको पर्चा पनि भेटिएको छ ।
शंकास्पद बम देखिएपछि सुरक्षाका कारण कनकाई पुल वारी पारी गाडी रोकिएका छन् ।