कैदीबन्दी सार्न खोजेपछि सुर्खेत कारागारमा तनाव

कैदीबन्दी सार्न खोजेपछि सुर्खेत कारागारमा तनाव
+
-

सुर्खेत— जिल्ला कारागार सुर्खेतमा रहेका कैदीबन्दीहरुले शनिबार नाराबाजी गरेका छन्।

कारागारको क्षमता भन्दा बढी कैदी भएपछि अन्यत्रै कारागारमा कैदी सार्न सिफारिस गरिएको थियो। कारागार प्रशासनले अनाहक मै कैदीलाई स्तान्तरण गर्न लागेको भन्दै उनीहरुले आन्दोलित भएका हुन्।

५० जना क्षमता भएको जिल्ला कारागार सुर्खेतमा एक सय ७६ जना कैदीबन्दी बस्दै आएका छन्। जीर्ण भवन भित्र त्रिपाल हालेर कैदीबन्दी बसाल्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार कारागार प्रशासनले शुक्रबार १५ कैदीको सरुवा सिफारिस गरेको थियो। उक्त निर्णयविरुद्ध शनिबार साँझ करिब ५ बजेदेखि कारागारभित्र नाराबाजी भइरहेको छ।

२६ महिला र एक सय ५० जना पुरुष कैदीबन्दी सुर्खेत कारागारमा रहेका छन्। कैदीबन्दी राख्नका लागि नयाँ बनाउन थालिएको भवन करिव ९ वर्षदेखि अलपत्र परेको छ। ठेकेदारको लापरवाहीका कारण भवन अलपत्र परेको हो। भवन समयमा निर्माण हुन नसक्दा क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेको कारागार प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कारागारभित्र भएको समस्या समाधानको लागि पहल भइरहेको जानकारी दिए।

‘कारागारका नाइकेहरुबीच विवाद भएको हो’ उनले भने,‘समस्या समाधानका लागि हामीले पहल गरेका छौं। छलफल भइरहेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?