सात लाख रुपैयाँ बाेकेर सरकारी वकिल कार्यालयअघि पुगेका थिए दुई भारतीय

सात लाख रुपैयाँ बाेकेर सरकारी वकिल कार्यालयअघि पुगेका थिए दुई भारतीय
+
-

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार ३५ लाख नेपाली रुपैयाँसहित होटल बैशालीबाट ६ जना भारतीय नागरिकलाई पक्राउ गर्‍यो।

त्यसको केही घन्टापछि थप दुई जना भारतीय नागरिक बबरमहलस्थित सरकारी वकिल कार्यालय अगाडिबाट पक्राउ परे सात लाख नेपाली रुपैयाँसहित। महाशाखाको दाबी थियो- पक्राउ परेका ६ भारतीयको एक साता अघि होटल याक एन्ड यतिबाट नेटवर्किङ ठगिको  आरोपमा पक्राउ परेका १२ भारतीयसँग कनेक्सन छ।

यतिबेला अनुसन्धानमा संलग्न प्रहरी अचम्मित छन्- पछिल्लोपटक पक्राउ परेका ८ भारतीय किन पैसा बोकेर हिँडेका थिए ? दुई जना भारतीय किन सरकारी वकिल कार्यालय अगाडि पैसासहित देखिए?

प्रहरीको निष्कर्ष छ- आईतबार पक्राउ परेका ६ जना र पछि पक्राउ परेका दुई जनाबीच कनेक्सन छ।

अनुसन्धानमा खटिएका प्रहरी भन्छन् – यत्रो पैसा कहाँबाट र कुन प्रयोजनका लागि जुटाईएको हो थियो भन्ने प्रश्नको घेरामा छ।

अघिल्लो साता १२ जना भारतीय पक्राउ परेपछि प्रहरीमाथी चौतर्फि दबाब रहेको बताइन्छ। नेपालस्थित भारतीय दुतावासदेखि काठमाडौंका नाम चलेका व्यक्तिहरुले पनि उनिहरुको पक्राउको विषयमा चासो व्यक्त गरिरहेका छन्। पक्राउ परेका व्यक्तिले अदालतमा म्याद थप्दा न्यायाधिश समक्ष आफूहरु निर्दोष रहेको भन्दै निवेदन दिएको र त्यो निवेदन मिसिलमा समावेश गर्ने अदालतले निर्देशन दिएको बताइन्छ।

‘ अदालतले यस्तो अभ्यास गरेको यसअघि थाहा थिएन’, अनुसन्धानमा खटिएका प्रहरी भन्छन्। दुबईको इन्टरनेसनल साइन ग्रुपको नाममा उनिहरुले नेपालीलाई ठगिरहेको प्रहरीको दावी छ।

भारतको लखनउमा मात्र एक हजार करोड भारतीय रुपैयाँ उनिहरुले ठगेको प्रहरीको दावी छ। जग्गा, डायमन्ड र रियल स्टेट लगायतको प्रलोभन देखाएर यो कम्पनीले नेटवर्किङ बिजनेस सन्चालन गरिरहेको जनाईएको छ।

पक्राउ परेका दुई जनासँग नेपाली नागरिकता पनि 

प्रहरीले हालसम्म पक्राउ गरेका २० जनामध्ये दुई जनासँग नेपाली नागरिकता पनि रहेको प्रहरीले जनाएको छ। १२ जनाको समूहमा पक्राउ परेका गिरिष उपाध्याय र आयुष उपाध्यायसँग नेपाली नागरिकता पनि रहेको अनुसन्धानबाट खुलेको छ।

दुवैको नागरिकता पर्साबाट जारी भएको जनाईएको छ। पक्राउ परेका सुनिल उपाध्याय पनि नेपाली नागरिक हुनसक्ने अनुमान प्रहरीको छ। गिरिष साइन ग्रुपको प्रेसिडेन्ट भएको जनाईएको छ।

उनले ६९ जना नेपालीलाई र आयुषले १३ जना नेपालीलाई सदस्य बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ। कम्पनीका मालिक भने रसिद नसिम हुन्। ‘अनुसन्धान र अभियोजनलाई प्रभावित पार्न चौतर्फी दबाब भएपनि यसको निष्पक्ष अनुसन्धान हुनेमा हामी दृण छौं’, अपराध महाशाखाका एक अधिकृत भन्छन् । यो कम्पनीले सदस्यले लगानी गरेको रकम बराबर आफूले पनि थपेर आम मान्छेलाई लोभ्याउने गरेको प्रहरीको दावी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?