सिक्किममा २५ वर्षपछि पवन चाम्लिङको सरकार ढल्यो

सिक्किममा २५ वर्षपछि पवन चाम्लिङको सरकार ढल्यो
+
-

विर्तामोड – भारतको हिमाली राज्य सिक्किममा २५ वर्ष लामो शासन गरेका पवनकुमार चाम्लिङको सरकारले हार व्यहोरेको छ।

उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले यस पटकको विधान सभा चुनावमा हार व्यहोरेको हो।

मतगणना अनुसार उनको पार्टीलाई चुनौती दिएको पहिलाका आफ्नै सहकर्मी पिएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १८ सिटमा विजय हासिल गरेको छ।

पवन चाम्लिङ २५ वर्षपछि सत्ता बाहिर निस्किने भएका छन्।

३२ विधान सभा सिट रहेको सिक्किममा मोर्चाले सरकार बनाउन स्पस्ट बहुमत प्राप्त गरेको छ।

पवन चाम्लिङले लामो समय मुख्यमन्त्री भएको रेकर्ड बनाएका थिए।

सरकार बनाउन आफ्नो पार्टीलाई बहुमत प्राप्त भएपछि सिक्किम क्रान्तिकारी मोर्चाका कार्यवाहक अध्यक्ष कुंगा निमा लेप्चाले बिहीबार राति पत्रकारहरुसँग भने, ‘हामी अत्यन्तै उत्साहित भएका छौँ। सिक्किममा परिवर्तन चाहने पक्षधरहरु सबैको विजय हो।’

बिहीबार राति चुनावको नतिजा आएसँगै त्यहाँका नेपालीभाषी सर्वसाधारण सडकमा निस्केर पटका पडकाउन थालेका छन्।

संसदीय दलको नेता छानेर राज्यपालकहाँ पुगेपछि नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?