सबैका प्यारा पदम सर

हात खुट्टा सग्ला छैनन्, तर क्षमता अब्बल छ

हात खुट्टा सग्ला छैनन्, तर क्षमता अब्बल छ
+
-

विर्तामोड– विर्तामोड नगरपालिका–९ गरामनीमा रहेको दुर्गा माविको कक्षा १ मा शिक्षक पदम अधिकारी पढाइरहेका थिए। उनले उक्त विद्यालयमा पढाएको १० बर्ष भन्दा बढी भइसकेको छ। उनले अहिलेसम्म उक्त पेशाबाट सन्तुष्टि पाएका छन्।

पदम भन्छन्, ‘म यो काममा अत्यन्तै खुशी छु। अझै साना बच्चाहरुसंग रमाउन पाउँदा ज्यादै रमाउने गर्छु।’

पढाउने विषय एकजना शिक्षकका लागि नौलो कुरा होइन। उसको पेशा नै विद्यार्थी पढाउने भएपछि त्यस काममा ऊ पछि हट्दैन। तर पदमको यथार्थ छुट्टै छ।

पदम सामान्य अवस्थाका मानिस होइनन्। उनी अपांगता भएका व्यक्ति हुन्। उनको दुवै हात र दुवै खुट्टा सग्ला छैनन्। एक हिसाबले भन्ने हो भने उनी हातखुट्टाविहीन छन्। तर उनको पेशामा उनले कुनै कुराको कमी हुन दिएका छैनन्।

औंला बेगरका दुई हात जोडेर बोर्डमा लेख्छन्। कपीमा लेख्दा पनि उनले त्यसै गर्नुपर्छ। तर जन्मिदा नै त्यस्तै जन्मिएका उनको यो दिनचर्या नै भइसकेको छ।

बोर्डमा लेख्नुपर्दा उनलाई बेन्चमा चढेर लेख्नुपर्ने बाध्यता छ। तर यो काम पनि उनलाई झन्झटिलो लाग्दैन। पदम भन्छन्, ‘कुनै बेला चाहिँ नयाँ–नयाँ प्रविधि प्रयोग गर्न मन लाग्छ। तर सबै कुरा संभव भने नहुँदो रहेछ।’

शारीरिक अपांगता भएपनि पदम अधिकारी पढ्नमा तीक्ष्ण थिए। व्यवस्थान र मानविकी दुईवटै संकायबाट उनले त्रिभुवन विश्वविद्यालयबाट उत्तीर्ण गरे। अहिले रुरल डेभेलप्मेन्ट विषयमा स्नातकोत्तर गरिरहेका छन्।

३६ बर्षिय अधिकारी झापा विर्तामोड ५ का बासिन्दा हुन्। उनी राहत दरबन्दीमा आधारभूत तहका शिक्षण पेशा गरिरहेका छन्।

विद्यालय प्रशासनको मूल्यांकनमा उनी अब्बल साबित भएका छन्। उनलाई जुनै काम दिए पनि पूर्ण क्षमताका साथ सम्पन्न गर्ने गरेको दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठकले बताए।

उनले भने, ‘एसइई तथा उच्च मावि तहको परीक्षामा पनि उहाँलाई निरीक्षक तोकिएको थियो। उक्त काम पनि पूर्ण क्षमताका साथ उहाँले गरेर देखाउनु भयो।’ उनी २०६६ सालदेखि उक्त विद्यालयमा पढाइरहेका छन्।

उनको पढाईमा विद्यार्थीसमेत सन्तुष्ट छन्। कक्षा ८ मा अध्ययनरत एकजना छात्रा कविता भट्टराईले किताबी ज्ञान मात्र नभएर समसामयिक विषयमा उनले विद्यार्थीलाई जानकारी दिने गरेको बताइन्।

कविताले भनिन्, ‘पदम सरको शरीर त्यस्तो भएर केही फरक परेको छैन। उहाँले जसरी पढाउनु हुन्छ हामीलाई चित्त बुझ्दो छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?