‘कम्यूनिष्ट सरकारले जनमतको दुरुपयोग गर्‍यो’

‘कम्यूनिष्ट सरकारले जनमतको दुरुपयोग गर्‍यो’
+
-

सुर्खेत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान केपी शर्मा ओली नेतृत्वको कम्यूनिष्ट सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

कांग्रसले थालेको जागरण अभियानका क्रममा अछामबाट काठमाडौँ जानेक्रममा सुर्खेतमा भएको कार्यकर्ता भेटघाटमा उनले वर्तमान सरकारले जनताको मतको कदर गर्न नसकेको आरोप लगाएका हुन् ।

‘कम्यूनिष्टहरु भन्दा आफू शोषक र उत्पीडनका विरुद्धमा भन्ने तर, बन्दा साशक बन्ने’ उनले भने, ‘जनतालाई निर्वाचनताका दिएका वाचाहरु वर्तमान सरकारले पूरा गर्न सकेको छैन् । आज नेपालमा पक्षपातको शासन चलिरहेको छ ।’

उनले संघीयता र संविधान विपरित सरकारले आफ्ना गतिविधि अगाडि बढाएको बताए । न्यायालय, संवैधानिक निकायमाथि हस्तक्षेप सरकारले गरिनुले केपी ओलीमा शासक बन्ने अभिप्राय देखिएको बताए । गाँउमा सिंहदरबारको प्रचार गरिएको भएपनि संघीयता चलाउन कम्यूनिष्ट असफल भएको बताए ।

‘जनताको आवश्यकता खानेपानी हो । सबै नदीनालाको पानी एकै ठाउँमा जम्मा गर्ने र भारतलाई बुझाउने यो कस्तो ओली राष्ट्रवाद हो ?’ उनले भने, ‘पानीजहाज तत्काल नेपाली जनताका लागि आवश्यक छैन ।’

उनले नेपाली काग्रेस भित्रको गुटबन्दी अन्त्य गरिएको सन्देश दिए । ‘म देउवा र पौडेलको भन्ने होइन्, अब म नेपाली कांग्रेस हुँ भन्नसक्नुपर्छ’ उनले भने, ‘स्वच्छ छवी, मुल्यांकन गर्न सक्ने क्षमता र सक्षम नेतृत्व कांग्रेसलाई आवश्यक हो ।’

वीरेन्द्रन्गरस्थित कांग्रेस पार्टी कार्यालयमा भएको कार्यक्रममा केन्द्रीय सदस्य हृदयराम थानी, जिल्ला सभापति कमलराज रेग्मीलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?