सरकारले पटक-पटक आइएसपानलाई झुक्‍याएको आरोप

साउनदेखि इन्टरनेटको मूल्‍य २० प्रतिशत बढ्‍ने

साउनदेखि  इन्टरनेटको मूल्‍य २० प्रतिशत बढ्‍ने
+
-

काठमाडौं- साउनदेखि इन्टरनेटको मूल्यमा वृद्धि हुने भएको छ। सरकारले चालू आर्थिक ७५/७६को बजेटमा १३ प्रतिशत कर लगाउने भएपछि इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेटको मुल्‍य साउनदेखि २० प्रतिशत बढ्‍ने इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष भोजराजले बताए।

उनले देश सञ्‍चारसँग कुरा गर्दै भने, ‘ बजेटमा १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन भएन। गत साउनमा सरकारले इन्टरनेटको मूल्‍यमा समायोजन गर्ने भन्‍दै हामीलाई पटक सम्झौता गरेर झुक्‍यायो। तर यस वर्षको बजेटमा इन्टरनेटको मूल्‍य समायोजन गर्ने कुरा आएन। हामी गत वर्षकै घाटा बेहोरिरहेका छौ। अब हामीले घाटासहित जोडेर २० प्रतिशत मूल्‍य बढाउनु पर्ने बाध्‍यता आएको छ।’

उनले भने,’अब हामी घाटा खाएर त कसरी इन्टरनेट सेवा दिन सक्छौ ? त्‍यसकारण घाटासहित सेवा प्रदायकले वितरण गर्ने राउटर लगायत उपकरणमा छुट्टै विलिङ गर्नेछ भने इन्टरनेटको मूल्‍यमा भ्‍याट समेत जोडेर शुल्क लिनेछ।’

सरकारसँग धेरै चरणमा वार्ता र सम्झौता भएपनि आइएसपानलाई बेवास्ता गरेको गुनासो गर्दै उनले अब हामीले इन्टरनेटको मूल्‍य बढाउनुको विकल्प नरहेको बताए।

यस्तै सरकारकै कारण इन्टरेनटको मूल्य बढाउन बाध्‍य हुनु परेको इन्टरनेट सेवा प्रदायक संघका पूर्वअध्यक्ष एवम् भायनेट कम्‍युनिकेशनका अध्‍यक्ष विनय बोहोराले गुनासो गरे। उनले भने, ‘ सरकारले भने गत वर्ष पनि इन्टरनेटमा मूल्‍य बढाउने सुर गर्‍यो। हामी धेरै पटक आपत्ति जनाउँदा घटाउने आश्वास मात्रै दिइयो। तर यस वर्षको बजेटमा इन्टरनेटको मुल्‍य समायोजन सम्झौतालाई लत्याइदियो।अब हामीले त बढाउनै पर्‍यो नि।’

उनले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियू)सँग नेपाल सरकारले गरेको प्रतिवद्धता हेर्न समेत सुझाव दिए। उनले भने, ‘आइटियूले दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र दीगो विकासको आधार बनाउने भनेर नेपालले आइटियूसँग प्रतिबद्धता जनाएको छ। तर व्‍यवहारमा भने झन झन बढाउँदै गएको छ। के यो जायज हो?’

उनका अनुसार अहिले भ्याटसहित १ हजार १ सय ३० रुपैयाँ बुझाउने उपभोक्ताले अब साउने देखि भ्‍याटसहित १ हजार ३ सय ५६ रुपैयाँ बुझाउनु पर्नेछ। उनले भने, ‘इन्टरनेटको मूल्‍य बढ्दा स्मार्ट नेपाल/डिजिटल नेपाल बनाउँछु।इन्टरनेट बिनै कसरी सम्भव हुन्छ डिजिटल नेपाल?’

यता, दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र दीगो विकासको आधार बनाउने प्रतिवद्धता गरिसकेपछि सरकारले इन्टरनेटको मूल्‍यमा वृद्धि गर्नु आइटियूको नियम विपरीत भएको दूरसञ्‍चार प्रविधि विज्ञ मनोहर भट्टराई बताउँछन्। उनी भन्छन्, ‘नेपालले आइटियूसँगको सम्झौता गरेपछि सोही अनुसार जानु पर्ने हो। तर इन्टरनेटको मूल्‍य बढाएपछि उपभोक्ता त मार पर्छ नै। इन्टरनेट महँगो हुन्छ र सरकारलाई डिजिट नेपाल बनाउनमा बाधा पुग्छ।’

सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६/७७ मा ‘टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुलउपर गर्नुपर्नेछ,’ भनी उल्लेख छ।

यो पनि पढ्नुहोस्

‘विद्य‌ुत प्राधिकरणले पाँच गुणा मूल्‍य बढायो, इन्टरनेट र टिभी सेवा बन्द गर्छौँ’

‘विद्य‌ुत प्राधिकरणले पाँच गुणा मूल्‍य बढायो, इन्टरनेट र टिभी सेवा बन्द गर्छौँ’

सरकारविरुद्ध आन्दोलनमा उत्रियो इन्टरनेट सेवा प्रदायक संघ

सरकारविरुद्ध आन्दोलनमा उत्रियो इन्टरनेट सेवा प्रदायक संघ

विद्य‌ुत प्राधिकरणले पाँच गुणा भाउ बढाएपछि इन्टरनेटको मूल्‍य चर्को तिर्नुपर्ने अवस्था

विद्य‌ुत प्राधिकरणले पाँच गुणा भाउ बढाएपछि इन्टरनेटको मूल्‍य चर्को तिर्नुपर्ने अवस्था

‘विद्युत प्राधिकरणले मूल्‍य वृद्धि नघटाए इन्टरनेटमा प्रतिग्राहकले हजार रुपैयाँ तिर्नुपर्छ’

‘विद्युत प्राधिकरणले मूल्‍य वृद्धि नघटाए इन्टरनेटमा प्रतिग्राहकले हजार रुपैयाँ तिर्नुपर्छ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?