झापामा पनि डेंगु संक्रमित भेटिए

झापामा पनि डेंगु संक्रमित भेटिए
+
-

विर्तामोड- सुनसरीको धरानमा फैलिएको डेंगु संक्रमण मोरङ हुँदै झापामा पनि देखा परेको छ।

झापाका तीनवटा स्थानीय तहमा डेंगु संक्रमित भेटिएका जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्थानीय तहका स्वास्थ्य प्रतिनिधिहरुले बिहीबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको डेंगु नियन्त्रण सम्बन्धी बैठकमा उक्त तथ्यांक पेश गरेको जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले जानकारी दिए।

उनले भने, ‘भद्रपुर नगरपालिकामा एकजना, दमक नगरपालिकामा दुईजना र विर्तामोड नगरपालिकामा पाँचजना संक्रमित भेटिएको तथ्यांक हामीलाई आएको छ।’

बिर्तामोडस्थित पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा ६ जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको जनाइएको छ। तीन जना झापा र तीन जना धरानका रहेका छन्।

भद्रपुर नगरपालिकामा एक जना डेंगु सङ्क्रमित बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। ती विरामीको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। त्यसैगरि दमक अस्पतालमा दुई जना डेंगु सङ्क्रमितको उपचार भइरहेको जनाइएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकमा डेंगु फैलिन नदिन सबै उपाय अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए।

सबै नगरपालिका तथा गाउँपालिकाले एडिज एजिप्टाई प्रजातिको लामखुट्टे, अण्डा तथा लार्भा नस्ट गर्ने अभियान चलाउने निर्णय भएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?