कर्णालीले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट

कर्णालीले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट
+
-

सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३४ अर्व ३५ करोड ३४ लाख २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

कर्णाली प्रदेश सरकारको तर्फबाट आइतबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन्।

सरकारले चालुतर्फ १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरेको हो। कर्णाली सरकारले चालु आर्थिक वर्षको तुलनामा ६ अर्ब बजेट बृद्धि गरेको हो। प्रदेशको दोस्रो बजेट २८ अर्व २८ करोड २८ लाख रुपैयाँ थियो।

आगामी आर्थिक वर्षमा सरकारले आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। यस्तै, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने ८ अर्व ९४ करोड ७४ लाख ८४ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँडबाट सात अर्व ४४ करोड ४३ लाख रुपैयाँ, प्राकृतिक स्रोतको रोयल्टी बापत २ करोड ७४ लाख र ९ अर्व ८४ करोड ८३ लाख वित्तिय समानीकरण अनुदान, १ अर्व ८१ करोड विशेष अनुदान र ७५ करोड आन्तरिक ऋण अनुमान गरेर बजेट ल्याइएको हो।

सरकारले दिगो विकास र समृद्धिका लागि सडक पूर्वाधारलाई बजेटमा पहिलो प्राथमिकता दिएको छ। जसका लागि मुख्यमन्त्री पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ठूला परियोजना सञ्चालन गर्ने भएको छ। पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत १ अर्व २० करोड, एक निर्वाचन क्षेत्र एक कार्यक्रमका लागि २४ करोड, जनता सडक कार्यक्रमका लागि ६३ करोड, प्रदेश राजधानीदेखि अन्य प्रदेश जोड्न १० करोड रकम विनियोजन गरिएको छ।

कर्णालीको पानी, सबैको लगानी, उज्यालो कर्णाली अभियानमा र ग्रामिण विधुत कार्यक्रममा ५५ करोड रुपैयाँ छुट्याइएको अर्थमन्त्री ज्वालाले बताए। यस्तै, खानेपानीमा एक अर्व ३८ करोड ३५ लाख, सिँर्चाइ सुविधाका लागि एक अर्व ३५लाख, एकिकृत बस्ती विकासका लागि २५ करोड ५० लाख विनियोजन गरिएको छ।

सरकारले नयाँ र आकर्षक कार्यक्रम अन्तर्गत हुम्ला र डोल्पाका जेष्ठ नागरिक तथा अपांग लक्षित गरी हवाई यात्रा कार्यक्रमका लागि एक करोड ५० लाख, वातावरण संरक्षणका लागि ‘एक भोटः एक बोट’ कार्यक्रम, सुरक्षाका लागि ११ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।

मनमोहन सुरक्षा कार्यक्रम

समुदायको बहिस्कार र वञ्चितिकरणमा परेको समुदाय लक्षित गरी कर्णाली प्रदेश सरकार आगामी आबमा मनमोहन सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। कर्णालीका बालबालिका, हिंसापीडित महिला, दलित, जेष्ठ नागरिक, अपांग लक्षित गरी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको हो।

छाउ, वालविवाह, घरेलु हिंसालगायतका सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन किशोरी शिक्षा कार्यक्रम, छुवाछुत मुक्त प्रदेश घोषणा गर्न, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी सृजना गर्न पाँच करोड, संरक्षण गृह निर्माणका लागि एक करोड, बैंक खाता छोरीकोः सुरक्षा जीवन भरीको कार्यक्रमका लागि सात करोड बजेट विनियोजन गरिएको छ।

प्रविधि विश्वविद्यालयका लागि एक करोड

कर्णाली प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनका लागिस रकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको हो।

प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि विश्वविद्यालय सञ्चालन गर्न लागिको हो। उक्त विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयारका लागि सरकारले बजेट व्यवस्था गरेको हो।

मन्त्री ज्वालाका अनुसार एक करोड रुपैयाँ डिपीआर तयार गर्न विनियोजन गरिएको छ। यस्तै, बहुप्राविधिक शिक्षालय स्थापना तथा उच्च शिक्षा सञ्चालन गर्ने क्याम्पसको भौतिक व्यवस्थापनका लागि ११ करोड, कर्णालीका हिमाली जिल्लामा आवाशिय विद्यालय सञ्चाल गर्न ३ करोड ७५ लाख रुपैयाँ सरकारले विनियोजन गरेको छ।

सुत्केरीका लागि प्रोत्सहान भत्ता बृद्धि

स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला लक्षित गरी प्रदेश सरकारले प्रोत्साहान भत्ता वृद्धि गरेको छ। स्थास्थ्यमा महिलाको पहुँच बृद्धि गर्न सरकारले एक हजारबाट दुई हजार रुपैयाँ प्रोत्साहन दिन बजेट विनियोजन गरेको हो।

वीरेन्द्रनगरमा रहेको प्रादेशिक अस्पताललाई स्तरोन्नती गरि तीन सय शैया बनाइने भएको छ। जसका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ विनियोजन गरिएको छ। जिल्ला अस्पताल स्तोन्नतीका लागि १३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

‘मेरो किसानः मेरो अन्नदाता’

युवालाई कृषिमा आकर्षण गर्न कर्णालीमा ‘मेरो किसानः मेरो अन्नदाता’ कार्यक्रम सञ्चालन गरिने भएको छ। सरकारले कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरेको हो। भूमीलाई बाझो राख्ने र खण्डिकरण निरुत्साहन गर्न भूमी बैंक स्थापना गरिने भएको छ।

बजेटको पूर्णपाठ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?