
सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टको विषयलाइ लिएर आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ । नबौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने बहानामा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले आन्दोलनमा थिए ।
उनीहरुले विश्वविद्यालय कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन् ।
काठमाडौँको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको टि–सर्ट्मा विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको हो।
झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख बशन्त रजौरेका अनुसार घाइते हुनेमा प्रहरी जवान सुरेन्द्र महत्त रहेका छन् ।
उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । आन्दोलनमा सहभागी सहभागी दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहादुर शाही, अखिल क्रान्तिकारी केन्द्रिय सचिब अमर जङ शाही, अनेरास्ववियु केन्द्रिय अनुसासन आयोग सदस्य नवीन योगी, नेबिसंघ नेता राजन विक, न्युटन ओली, नेता महेन्द्र थापा, सरोज नेउपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल, ममता अधिकारी लगायत रहेका छन् ।
यसै बिच आन्दोलनरत विद्यार्थीहरुले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएका छ्न् । पदाधिकारीहरुले विद्यार्थी बिनै बन्द कोठामा नवौं स्थापना दिवश मनाई रहेका छन् ।
कार्यक्रम भैरहेको सभाहलमा विद्यार्थीहरुलाई प्रवेश निधेष गरिएको छ ।
यता आन्दोनरत विद्यार्थीहरुले भने गिरफ्तार गरिएका विद्यार्थीहरुलाई तत्काल बिनासर्त रिहा नगरे सुर्खेत बन्द गर्ने चेतावनी दिएका छन् । तर विश्वविद्यालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।