सुर्खेत– हुम्लामा भएको जीप दुर्घटनाको उद्दारमा समस्या भएको छ। गोताखोर नहुँदा कर्णाली नदीमा खसेको जीप पत्ता लगाउन नसकिएको हो।
गोताखोर नहुँदा घटना भएको चार घण्टासम्म पनि जीप र यात्रुको अवस्था पत्ता लागेको छैन। कर्णाली नदी धमिलो र बहाव बढेकाले जीपको अवस्था पत्ता लगाउन समस्या भएको हो।
हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल (शाही) सहित दश जना यात्रु बोकेको लु १ ज ७१६६ नम्बर जीप कर्णाली नदीमा बेपत्ता भएको छ।
घटनामा परि वेपत्ता हुनेमा उपाध्यक्ष शाहीसहित, डाइभर मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह, कौर विक र उनका दुई वर्षिया बालक, गोकुल सुनार र काठमाडौं थानकोटका एक जना वल्डिङ मास्टर रहेको प्रहरीको जनाएको छ। वल्डिङमास्टर बाहेक अन्य सबै खार्पुनाथ गाउँपालिका स्थानीय रहेको प्रहरीको भनाई छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उद्धारका सेनासँग गोताखोर झिकाउने पलह भैरको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































