प्रदेश १ मा शुरु भयो स्वस्थ जीवन प्रवर्द्धन अभियान

प्रदेश १ मा शुरु भयो स्वस्थ जीवन प्रवर्द्धन अभियान
+
-

विर्तामोड– प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वस्थ जीवनका लागि स्वस्थ खानेकुरा खान र नियमित शारिरिक व्यायाम गर्न प्रदेशका नागरिकलाई आग्रह गरेका छन्।

शुक्रबार झापाको विर्तामोडमा स्वस्थ जीवन प्रवर्द्धन अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पनि स्वास्थ्यमा विचार पुर्‍याइएन भने स्वास्थ्य उपचारमा ठूलो धनराशी खर्च हुने र अकालमा मानिसको ज्यान जाने भएकाले स्वस्थ खानेकुरा र नियमित व्यायाम आवश्यक भएको बताए।

उनले भने, ‘हामीले बानी सुधार्यौं भने मात्र हाम्रो जीवन स्वस्थ बन्छ। नत्र ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ।’

प्रदेश सरकारको उक्त कार्यक्रममा उपस्थित हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुसले विषादीयुक्त खानेकुराले मानिसको स्वास्थ्यमा गम्भीर समस्याहरु ल्याइरहेकाले सजग बन्न सबैलाई आग्रह गरे।

अभियानमा बोल्दै हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुस/तस्बिर: देश सञ्चार।

ठट्यौली पारामा उनले भने, ‘यो खादा माला लाउनु भन्दा पकाउँदा रसायन नहालेको एउटा केरा दिएको भए शरीर तागत आउँथ्यो।’

उनले मानिसको स्वास्थ्य राम्रो राख्न सफा चर्पीको महत्वपूर्ण योगदान हुने पनि बताए। सबैलाई चर्पी बनाउन र चर्पीमै दिसा पिसाब गर्न पनि उनले आग्रह गरे।

उनले हँसाउँदै भने, ‘ज–जस्ले लोटा बोकेर बारीका पाटामा दिसा गर्न जान्छ अब उ बस्ने ठिक्क मुनी सिसि क्यामेरा जडान गरिन्छ।’

प्रदेश १ सरकारले शुक्रबारदेखि नै झापाको बिर्तामोडमा सात दिने योग शिविर पनि आरम्भ गरेको छ।

प्रदेश सरकारको स्वस्थ्य जीवन प्रवर्द्धन अभियानमा योग शिविरको आयोजना गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए।

मन्त्री घिमिरेले स्वस्थ जीवनका लागि योग अनिवार्य भएको बताउँदै शिविरमा सिकेका अभ्यासलाई निरन्तरता दिन आग्रह गरे।

समस्याग्रस्त बन्दै मानव शरीरलाई अब ख्याल नगरे थप समस्या हुने उनले बताए। प्रदेश सरकारको यो अभियान प्रदेशका सबै जिल्ला पु¥याउने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?