चैत १८ गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेको भवन प्रयोगमा आएन

चैत १८ गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेको भवन प्रयोगमा आएन
+
-

दमक– प्रधानमन्त्री केपी शर्मा ओलीले गएको चैत्र १८ गते उद्घाटन गरेको दमक नगरपालिका वार्ड नं ७ स्थित पशुहाट परिसरमा रहेको करिब १५ करोड लागतमा व्यवस्थित पशुपंक्षी बजारका लागि कम्पाउण्ड घेरा गरी बनाइएको भवन तथा अन्य संरचना अझै प्रयोगमा आएको छैन।

प्रदेशकै ठूलो आधुनिक पशुपंक्षी बजार दमकमा रहेको भन्दै निर्माण गरिएको व्यवस्थित पशु बजार भित्रका पूर्वाधार तथा भौतिक संरचना उद्घाटन भएको झण्डै दुई महिना वित्दा पनि प्रयोग हुन नसकेको हो।

विश्व बैंकको सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले निर्माण गरेको पशु बजार प्रयोगमा आउन ढिलाई भएको मात्रै छैन पशुहाट परिसर बाहिर हरेक बुधबार सडक आवागमनमै अवरोध पुग्ने गरि पशुपंक्षी किनबेचका लागि राखिँदा सर्वसाधारणको आवागमनमा असहज हुने गरेको छ।

त्यहाँको करीब ५ विगाहा ४ कठ्ठा क्षेत्रफलमा करिब साढे १३ करोड रुपैयाँको लागतमा बजार निर्माण गरिएको छ।

सो बजारभित्र व्यवस्थित रूपमा क्रेता तथा विक्रेता दुवैलाई सहज हुने किसिमको पशुपंक्षी किनबेच गर्ने स्थल, गाई, भैंसी र बाख्राका लागि अलग–अलग भवन, प्रशासनिक भवन, चमेनागृह, व्यापारी तथा सर्वसाधारण पशुधनी समेतलाई सहज बस्न मिल्ने गरिका संरचना छन्।

यातायात पार्किङको सुविधा समेत बजार भित्र रहेको छ। नेपालकै नमुना बजारका रुपमा रहेको दमकको पशुहाटबाट नगरपालिकाले बर्षेनी झण्डै पचास लाख रुपैयाँ आन्तरिक आम्दानी गर्दै आएको छ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार उक्त भवन उद्घाटन भए पनि प्रयोगमा आउनेगरि बनाउन केही काम बाँकी रहेकाले अहिले प्रयोगमा ल्याउन नसकिएको बताइन्।

उनले भनिन्, ‘ठेकेदारले पानी निकास लगायत केही काम गर्न बाँकी रहेकाले प्रयोगमा आउन नसकेको हो। हामी आगामी आर्थिक बर्षको शुरुवातदेखि प्रयोगमा ल्याँछौँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?