फोटो फिचर

सुरु भयो ‘ब्रेड बास्केट’मा रोपाइँ

सुरु भयो ‘ब्रेड बास्केट’मा रोपाइँ
+
-

नेपालभर नेपालीका लागि प्रमुख खाद्यबाली धान रोपाइँ नेपालको तराई क्षेत्र ‘ब्रेड बास्केट’मा सुरु भएको छ। खासगरि मनसुनी झरी शुरु भएसँगै तराई क्षेत्रमा धान रोप्ने काम सुरु हुन्छ।

असार १५ देखि धान रोपाइँको खास सिजन सुरु भएको मानिँदै आइएको छ। नेपालका तराईका जिल्ला झापादेखि कञ्चनपुरसम्म जहाँ धानबालीका लागि उत्तम मानिन्छ, त्यहाँका किसान अहिले धान रोप्नका लागि हिल्याउने, खेत सम्याउने, आली लगाउँने, बिउ काड्ने तथा धान रोप्ने काममा व्यस्त छन्।

तर मनसुनी झरी पर्याप्त नभएकाले पानी जम्ने खेतमा धान रोप्न किसान व्यस्त देखिन्छन्। खोलाको पानी लाग्ने स्थानहरुमा अहिले पनि धान रोप्ने बेला भइसकेको छैन।

झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं २ की किसान विमला लिम्बु धान रोपे पनि मनसुन सक्रिय भएन भने धानको गाभो कुहिने वा सुक्ने संभावना रहने बताउँछिन्।

उनले भनिन्, ‘पानी पर्ने आशमा धान रोपियो। बेलामा पर्ला नि।’

सिँचाइको भरपर्दो सुविधा भएका स्थानमा धान रोप्ने भइरहेको अर्का किसान मेचीनगर नगरपालिका १२ का किसान झलेन्द्र लुईंटेलले बताए। उनले भने, ‘अहिले सिँचाइ जहाँ जहाँ छ त्यहाँ धान रोप्न कठिनाइ छैन। तर सिँचाइ सुविधा नभएका स्थानमा भने अझै पर्खनुपर्ने अवस्था छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?