काठमाडौँ —एसईईको नतिजालाई लिएर यतिबेला अधिकांश विद्यार्थी उत्साहित छन्। र, भविष्यको नक्सा कोर्न व्यस्त छन्।
त्यो भीडमा नेकपा संघीय संसदीय दलकी सचेतक शान्ता चौधरी पनि छिन्। पढाइ नहुँदा खाएको हन्डर र पाएको अपहेलनाबाट मुक्त हुन कयौँ रात जागै बसेर अध्ययन गरेकी सांसद चौधरीले एसईईको सन्तोजनक नतिजासँगै पढाइको भावी योजना बुन्न थालेकी छिन्।
अध्ययनले अरुका लागि नभई आफ्नो र देशका लागि जीवन जिउन सिकाएको र आत्मविश्वास बढाएको दाबी गर्ने उनले अब त्यसलाई निरन्तरता दिने योजना बनाएकी छिन्।
आफू सफल नेतृ बन्ने सपना बलियो बनेका बेला अध्ययनले त्यसलाई सार्थक बनाउने विश्वास छ उनको।
देश सञ्चार संवादमा उनले एसईईको नतिजा, उत्साह, भावी योजना, गुठी विधेयक, पार्टी एकतादेखि आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे खुलेर बताएकी छिन्।
भिडियो हेर्नुहोस्: