
विर्तामोड – प्रदेश नं १ को संखुवासभामा भएको भनिएको विप्लव समूहका कार्यकर्ता र प्रहरीवीचको फायरिङ निकै टाढा–टाढाको भएको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर ज्ञवालीले जानकारी दिएका छन्।
उनका अनुसार पहिला विप्लव समूहले फायरिङ खोलेपछि प्रहरीले जवाफी फायरिङ खोलेको हो। उनले भने, ‘त्यो फायरिङ निकै टाढाको फायरिङ हो। कुनै मानवीय क्षति वा अन्य कुनै घटना भएको छैन।’
डिआइजी ज्ञवालीले प्रहरीको थप टोली घटनास्थलतर्फ लागेको बताए। घटना संखुवासभाको सिलिचोङ गाउँपालिका–१ को हो।