आफू पनि सेवाग्राही हुन्छु भन्ने सम्झेर जनताका काम गर्नुस् – मुख्यसचिव अधिकारी

आफू पनि सेवाग्राही हुन्छु भन्ने सम्झेर जनताका काम गर्नुस् – मुख्यसचिव अधिकारी
+
-

भद्रपुर– प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले आफू पनि कुनै कार्यालयमा जाँदा सेवाग्राही बन्नुपर्ने कुरालाई ध्यानमा राखेर जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको सेवाप्रवाह बडापत्रको विमोचन गर्दै मुख्य सचिव अधिकारीले आफ्नो कार्यालयमा आएका सेवाग्राहीलाई ध्यान काम सम्पन्न गरिदिन निर्देशन दिएका हुन्।  उनले भने, ‘हामी कर्मचारी मात्र होइनौँ। कुनै कार्यालयका लागि हामी पनि सेवाग्राही हौँ। त्यसैले सबै जनताको काम ध्यानपूर्वक गरिदिनु होला।’

अबको जमाना सरकारी कार्यालयमा सेवाग्राहीलाई दुःख दिने जमाना नरहेको उनले बताए। उनले सेवाग्राहीका कुरा राम्ररी सुनेर कामको निकास कर्मचारीले बताइदिनुपर्ने बताए। अधिकारीले भने, ‘अहिले कर्मचारीमा सेवाग्राहीमैत्री व्यवहारको खाँचो छ।’

विचौलियाको विगविगि रोक्न बडापत्रः प्रजिअ दाहाल

जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशन गरेको सेवाप्रवाह बडापत्र सरकारी कार्यालयमा फस्टाउँदो विचौलियाका गतिविधि नियन्त्रणका लागि उक्त बडापत्र प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

विचौलियाका कारण निवेदन दिँदासमेत पैसा दिनु पर्ने प्रवृति रोक्नका लागि बडा पत्र प्रकाशित गरिएको प्रजिअ दाहालको भनाइ थियो। दाहालका अनुसार उक्त बडापत्र जिल्लाका प्रत्येक सरकारी कार्यालय, प्रत्येक स्थानीय तह तथा वडा कार्यालयहरुमा पुर्याइनेछ।

प्रजिअ दाहालले भने, ‘सेवाग्राहीले सरकारलाई तिर्नुपर्ने दस्तुर वाहेक एक पैसा पनि अन्यत्र तिर्नु नपरोस् भनेर बडापत्र प्रकाशित गरेका हौँ।’

अहिले उक्त बडापत्रमा २१ वटा कार्यालयले प्रदान गर्ने सेवाका बारेमा जानकारी छन्। कुन कामका लागि के–के कागजात चाहिन्छन् सबै बडापत्रमा लेखिएका छन्। निवेदनका ढाँचाहरु छन्। उक्त बडापत्र तथा निवेदनका ढाँचा जिल्ला प्रशासन कार्यालयको वेवसाइटमा राखिने दाहालले जानकारी दिए।

उक्त बडापत्र स्थानीय तहहरुको लागत साझेदारीमा तयार पारिएको सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?